श्रावण ६, २०८२ मंगलबार July 22, 2025

‘संविधान रक्षाका लागि पत्रकारको भूमिका महत्वपूर्ण छ’ : नेता सिंह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान रक्षाका लागि पत्रकारको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन काठमाडौैँ शाखाले आज यहाँ आयोजना गरेको नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्यसमितिलाई ‘बधाई तथा सम्मान’ कार्यक्रममा उहाँले लोकतन्त्रको रक्षा र देशको विकासका लागि प्रेस जगत्को महत्वपूर्ण भूमिका रहेको बताउनुभएको हो ।

नेता सिंहले विगतका समयमा सङ्कटको घडीमा कांग्रेसले सरकारलाई साथ दिएको जनाउँदै आगामी दिनमा पनि कांग्रेस देश र जनताका पक्षमा उभिने स्पष्ट पार्नुभयो ।

कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा देखिएको कमीकमजोरीलाई औँल्याउने जिम्मा पत्रकारिता जगत्को भएको उहाँको भनाइ थियो ।

कांग्रेसका नेता एवं पूर्वराज्यमन्त्री उदयशम्शेर राणाले वर्तमान सरकारले संविधान मिच्ने प्रयास गरेको आरोप लगाउँदै उक्त कदमविरुद्ध पत्रकार एक भएर उभिनुपर्ने बेला आएको बताउनुभयो ।

संविधान र सञ्चार क्षेत्रलाई सरकारले हस्तक्षेप गर्न खोजेको उहाँको आरोप थियो ।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ)ले प्रेस स्वतन्त्रता र विकासको पक्षमा निरन्तर उभिन नयाँ कार्यसमितिलाई आग्रह गर्नुभयो ।

पत्रकार महासङ्घ र महानगरपालिका सहकार्य गरेर अगाडि बढ्ने उहाँको भनाइ थियो ।

नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित अध्यक्ष विपुल पोखरेलले लोकतन्त्रको रक्षा र प्रेस स्वतन्त्रताको रक्षाका लागि आफ्नो नेतृत्वमा रहेको कार्यसमिति खरोरुपमा उत्रने बताउनुभयो ।

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, महासचिव अजयबाबु शिवाकोटी, कोषाध्यक्ष सरोज अधिकारी, नेपाल प्रेस युनियन काठमाडौँका पूर्वध्यक्ष नकुल अर्याललगायतले सरकारले पत्रकारको अधिकारको रक्षाका लागि पत्रकार महासङ्घको नयाँ कार्यसमिति लाग्नुपर्ने बताउनुभएको थियो ।

नेपाल प्रेस युनियन काठमाडौँ शाखाका अध्यक्ष जगन्नाथ दुलालले श्रमजीवी पत्रकारको पक्षमा नयाँ कार्यसमितिलाई काम गर्न आग्रह गर्नुभयो ।

सोही अवसरमा नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिति, प्रदेश सदस्य, उपत्यका प्रदेश, प्रतिष्ठान समिति, एशोसियट र नेपाल पत्रकार महासङ्घ काठमाडौँ, भक्तपुर तथा ललितपुरमा निर्वाचित पदाधिकारी तथा सदस्यलाई सम्मान गरिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उज्यालोको बाटोमा संघर्ष गर्नु नै बिपीको सम्मान हो : महामन्त्री थापा
२०८२ श्रावण ६, मंगलबार
मदन पुरस्कारका लागि सात पुस्तकको सूची सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने बिपी कोइरालाको स्पष्ट धारणा थियो : नेता सिटौला
२०८२ श्रावण ६, मंगलबार
प्रदेश सरकारले सप्तरीमा ट्याङ्करमार्फत खानेपानी वितरण गर्दै
२०८२ श्रावण ६, मंगलबार
भूकम्पपीडितका लागि स्थायी आवास र पुनर्निर्माणमा सरकार सशक्त ढंगले लागेको छ : गृहमन्त्री
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रिय सभा बैठक : तराईमा खानेपानी र सिँचाइको व्यवस्था गर्न सांसदहरूको माग
२०८२ श्रावण ६, मंगलबार
श्रीलङ्काले आपराधिक सम्बन्धमा प्रहरी प्रमुखलाई बर्खास्त गर्ने
२०८२ श्रावण ६, मंगलबार