श्रावण ६, २०८२ मंगलबार July 22, 2025

कांग्रेसको नेतृत्वमा तत्काल सरकार गठन गर्न कठिन : सभापति देउवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको नेतृत्वमा तत्काल सरकार गठन गर्न कठिन भएको बताउनुभएको छ ।

नेपाल विद्यार्थी सङ्घको ५२औँ स्थापना दिवसका अवसरमा सोमवार यहाँ आयोजित कार्यक्रममा सभापति देउवाले माओवादी केन्द्रले सरकारसँगको समर्थन फिर्ता नगरेको र आफ्नो बहुमत नभएकाले अहिले नै कांग्रेसको नेतृत्वमा सरकार बन्ने खालको परिस्थिति आइनसकेको बताउनुभएको हो ।

कार्यक्रममा सभापति देउवाले नेविसङ्घको केन्द्रीय कार्यसमितिलाई तत्काल पूर्णता दिने प्रतिबद्धता पनि जनाउनुभएको छ । तोकिएकै मितिमा पार्टीको महाधिवेशन हुने भन्दै सभापति देउवाले देश विकास गर्न युवा विद्यार्थीको ठूलो भूमिका रहने बताउनुभयो ।

नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले पार्टी सभापतिले नयाँ सरकार गठन र सञ्चालनका लागि नेतृत्व लिनुपर्ने धारणा राख्नुभयो । सत्तारूढ पार्टीभित्रको किचलोका कारण नेपाली जनताले दुःख खेप्नु परेको भन्दै महामन्त्री कोइरालाले अब कांगे्रसले सरकार सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सरकार संवैधानिक निकायहरूलाई कब्जा गर्ने उद्देश्यसहित अगाडि बढिराखेको आरोप लगाउनुभयो । न्यायपालिका, निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग सबैको निष्पक्षता र स्वतन्त्रता गुम्ने खतरा रहेको पनि पनि उहाँले धारणा राख्नुभयो । नेविसङ्घका महामन्त्री बलदेव तिमिल्सिनाले लामो समयदेखि खाली रहेका केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनुपर्ने माग राख्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उज्यालोको बाटोमा संघर्ष गर्नु नै बिपीको सम्मान हो : महामन्त्री थापा
२०८२ श्रावण ६, मंगलबार
मदन पुरस्कारका लागि सात पुस्तकको सूची सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने बिपी कोइरालाको स्पष्ट धारणा थियो : नेता सिटौला
२०८२ श्रावण ६, मंगलबार
प्रदेश सरकारले सप्तरीमा ट्याङ्करमार्फत खानेपानी वितरण गर्दै
२०८२ श्रावण ६, मंगलबार
भूकम्पपीडितका लागि स्थायी आवास र पुनर्निर्माणमा सरकार सशक्त ढंगले लागेको छ : गृहमन्त्री
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रिय सभा बैठक : तराईमा खानेपानी र सिँचाइको व्यवस्था गर्न सांसदहरूको माग
२०८२ श्रावण ६, मंगलबार
श्रीलङ्काले आपराधिक सम्बन्धमा प्रहरी प्रमुखलाई बर्खास्त गर्ने
२०८२ श्रावण ६, मंगलबार