श्रावण ६, २०८२ मंगलबार July 22, 2025

प्रधानमन्त्री ओलीले गरे एमालेको केन्द्रीय कार्यालयको भवनको शिलान्यास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : सत्तारुढ नेकपा एमालेको केन्द्रीय कार्यालयको नयाँ भवन शिलान्यास भएको छ।

बिहीबार नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मदननगर बल्खुमा नयाँ बन्ने भवनको शिलान्यास गरेका हुन्। लेनिनको जन्म जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा कार्यक्रमको आयोजना गरी शिलान्यास गरिएको हो।

१३ रोपनी जग्गामा निर्माण हुने अत्याधुनिक भवनको डिजाइन तयार भइसकेको छ। भवन दुई वर्षभित्र निर्माण भइसक्ने पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। २०५१ सालमा निर्मित एमाले पार्टी कार्यालय २०७२ सालको महाभुकम्पले भत्किएको थियो।

पार्टी कार्यालय भवन भत्किएपछि एमाले कार्यालय धुम्बाराहीबाट सञ्चालन भएपनि आजबाट एमालेको केन्द्रीय कार्यालय थापाथलीस्थित भवनबाट सञ्चालन हुने गरी उद्घाटन हुँदैछ। बिहान ११ बजे प्रधानमन्त्री तथा अध्यक्ष ओलीले पार्टी कार्यालयको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उज्यालोको बाटोमा संघर्ष गर्नु नै बिपीको सम्मान हो : महामन्त्री थापा
२०८२ श्रावण ६, मंगलबार
मदन पुरस्कारका लागि सात पुस्तकको सूची सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने बिपी कोइरालाको स्पष्ट धारणा थियो : नेता सिटौला
२०८२ श्रावण ६, मंगलबार
प्रदेश सरकारले सप्तरीमा ट्याङ्करमार्फत खानेपानी वितरण गर्दै
२०८२ श्रावण ६, मंगलबार
भूकम्पपीडितका लागि स्थायी आवास र पुनर्निर्माणमा सरकार सशक्त ढंगले लागेको छ : गृहमन्त्री
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रिय सभा बैठक : तराईमा खानेपानी र सिँचाइको व्यवस्था गर्न सांसदहरूको माग
२०८२ श्रावण ६, मंगलबार
श्रीलङ्काले आपराधिक सम्बन्धमा प्रहरी प्रमुखलाई बर्खास्त गर्ने
२०८२ श्रावण ६, मंगलबार