श्रावण ७, २०८२ बुधबार July 23, 2025

प्रधानमन्त्री ओली र नेता माधव नेपालबीच भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का वरिष्ठ नेता माधव कुमार नेपालबीचको दोस्रो भेटवार्ता सकिएको छ । उहाँहरूबीच आज दिउँसो काठमाण्डौंको नागपोखरीस्थित होटल मेरियटमा भेटवार्ता भएको हो ।

भेटवार्तापछि नेता नेपालले सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै छलफल चलिरहे पनि ठोस प्रगति नभएको बताउनुभयो । बुधबार होटल मेरियटमा अध्यक्ष ओली र नेता नेपालबीच पहिलो भेटवार्ता भएको थियो ।

दुईजना नेताबीच करिब डेढ घण्टा भएको भेटवार्तामा दुवैले विगतमा गरेका गल्तीको आत्मसमिक्षा गर्दै अगाडी बढ्नुपर्ने बताएका थिए । बैठक पश्चात नेताद्वयले उक्त होटलबाट निर्माण सम्पन्न हुँदै गरेको धरहरा टावर समेत नियाल्नुभएको थियो ।

पार्टी विभाजनमा पुग्ने आशङ्का बढिरहेका बेला दुई शीर्ष नेताबीचको संवाद शुरु हुनुले कार्यकर्ता तहमा उत्साह पैदा भएको छ । नेता नेपालले बुधबार अध्यक्ष ओलीसँग भएको संवादबारे आफू निकटका नेतालाई आज ‘ब्रिफिङ’ गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया