असार २२, २०८२ आइतबार July 6, 2025

हैकमवादीहरुलाई मिलेर पाखा लगाउनु पर्छ ।- तिलक परियार (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२०६२/६३ को जनआन्दोलनलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

त्यो आन्दोलन नेपाली समाजलाई परिवर्तनको दिशातिर लैजान निर्देशित थिए । शोषित वर्ग, जाति, जनजाति, दलित, मधेसी, महिला, मुस्लिम जो राज्यबाट पीडित थिए उनीहरूको प्रतिनिधित्व र पहुँच राज्य संयन्त्रमा पुर्याउन आशा जगाउने र त्यो खालको साहस भर्ने काम त्यो आन्दोलन र जनयुद्धले गर्‍यो । त्यसबेला सपना, आशा जगाउन सफल भए भए पनि अहिले त्यसलाई व्यवहारमा लागू गर्न सकिएको छैन ।

संविधानले संघीयता, धर्मनिरपेक्षता, लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्वलाई संस्थागत गरेको छ । त्यसलाई जीवन व्यवहारमा लागु गर्ने सवालमा राज्यमा पहुाच भएका शासक वर्गको इच्छाशक्तिमा कहिाकतै कमी आएको हो कि भन्ने लाग्छ ।

त्यसबेला उठाइएका मुद्दा सत्तामा पुगेपछि अलपत्र पर्लान् भन्ने सोच्नु भएको थियो ?

हामीले यस्तो कल्पना गरेका थिएनौं । हामीले योभन्दा उच्च खालको राज्यसंरचनाको कल्पना गरेका थियौं । जनताको जनवाद आउनेछ, गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार प्राप्त हुनेछ भन्ने लागेको थियो । यी सवाल सुनिश्चित हुनेछन् भन्ने आशा थियो । समतामूलक समाजको निर्माण हुनेछ भन्ने कल्पना गरेका थियौं । तर, त्यसको छेउसम्म पनि पुग्न सकिरहेको स्थिति छैन । केही नभएको त होइन, विगतको तुलनामा राम्रा काम पनि भएका छन् । तर सोचे अनुसार आधा पनि गर्न सकेनाौ ।

संघीयता, धर्मनिरपेक्षता, समावेशिता र गणतन्त्र राम्ररी कार्यान्वयन भएजस्तो लाग्छ ?

कार्यान्वयन गर्ने भन्ने कुरा राजनीतिक इच्छाशक्तिमा भर पर्छ । राज्यसत्ताको नेतृत्वमा पुग्नेले चाहृयो भने उनीहरूको दर्शन, विचार र राजनीतिले सही कार्यदिशा अवलम्बन गर्‍यो भने व्यवहारमा लागु गर्न र उपलब्धिको रक्षा तथा थप विकास गर्न सकिन्थ्यो ।

छिल्लो राजनीतिक परिवर्तनले समाजमा कस्तो प्रभाव पारेको छ ?

राजनीतिक रूपमा हिजो आफ्ना भावना, चाहना र आवश्यकता अभिव्यक्त खुलेर गर्न सक्ने अवस्था थिएन । अहिले जनता आफ्ना कुरा खुलेर अभिव्यक्त गर्ने अवस्थामा पुगेका छन् । आफ्ना समस्याको निम्ति संगठित हुने र संघर्ष गर्ने चेतनाको विकास भएको छ । यो निकै राम्रो उपलब्धि हो । परिवर्तनले विशेष गरेर मधेसीलाई आफ्नो अधिकारको खोज्ने जुन चेत दियो त्यो जनयुद्ध र जनआन्दोलनको उपलब्धि हो । संविधानले व्यवस्था गरे अनुसार धर्मनिरपेक्षता, गणतन्त्र, समावेशिताको सही कार्यान्वयन गर्न सक्यौं भने हामी ठीक ठाउँमा पुग्न सक्छौं ।

त्यसोभए हामी परिवर्तनबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्ने सही दिशामा छौं ?

सही बाटोमा छौं तर अवरोधहरू छन् । यी अवरोध पन्छाउन एकपटक अग्रगामी परिवर्तनका पक्षधरहरूको संयुक्त पहलको आवश्यकता छ । संविधानले दिएका अधिकारहरूको व्यवहारमा कार्यान्वयन गर्न सकियो भने आगामी दिन सुन्दर हुनेछन् ।

अवरोध कसले गरिरहेको छ ?

विगतमा राजतन्त्रात्मक राज्यव्यवस्था अन्तर्गत रहेर आफ्ना स्वार्थपूर्ति गर्दै आएको शासक वर्गको तप्का कुनै न कुनै रूपमा अहिले पनि प्रजातन्त्रको खोल ओढेर चलखेल गर्न खोजिरहेको भान भइरहेको छ । तिनीहरु विदेशीलाई खुसी पारेर भए पनि सत्ता टिकाइराख्न चाहन्छन् ।

परिवर्तनका मुद्दाहरू बोकेर आएको कम्युनिस्ट पार्टीकै हातमा राज्यसत्ताको डाडुपन्यू छ, त्यसप्रति पनि शंका हो ?

हरेकमा विकृत तत्व हुन्छन् । सकारात्मक र नकारात्मक सबै वस्तुभित्र हुन्छ । त्यसकारण नकारात्मक पक्ष हावी भयो भने प्रतिगमनतिर जाने खतरा हुन्छ । सकारात्मक पक्ष हावी भयो भने अग्रगामी दिशातिर मुलुक जान्छ । यो चिज हामीजस्तै कम्युनिस्ट सोच राख्नेमा पनि लागू हुन्छ । अहिले कम्युनिस्ट आन्दोलनलाई चकनाचुर पार्ने प्रवृत्ति कम्युनिस्ट आन्दोलनभित्रै हावी हुन्छ कि भन्ने खतरा हामी देखिरहेका छौं । त्यसैले त्यो प्रतिगामी प्रवृत्ति रोक्न संयुक्त रुपमा जुट्नुपर्ने अवस्था छ ।

यतिबेला व्यवस्थाको बाधक को हो त ?

मूल कुरा प्रवृत्ति र दृष्टिकोणको हो । जनतालाई अधिकारसम्पन्न बनाउने कि व्यक्तिलाई शक्तिशाली बनाउने भन्ने हो । जनतालाई अधिकारसम्पन्न बनाउने दृष्टिकोण र राजनीतिको पक्षपोषकहरूले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाएर अघि बढ्न सक्नु पर्छ । हैकमवादीहरुलाई मिलेर पाखा लगाउनु पर्छ ।

पछिल्लो राजनीतिक परिवर्तनपछि दलितहरुको अवस्था कस्तो छ ?

वैज्ञानिक दृष्टिबाट हेर्दा दलित समुदाय सचेत हुादै आइरहेको छ । राजनीतिक चेतना तीव्र गतिले विकास भइरहेको पाउँछौं । दलित बुद्धिजीवीहरूले चिन्तन वृद्धि गर्नुपर्छ भनेर अगाडि बढिरहेको पाइन्छ । समाजमा जातका आधारमा हत्या, बलात्कारजस्ता जुन घटना भइरहेका छन् यो परिवर्तन नचाहनेहरूको हर्कत हो । यसविरुद्ध दलित संगठित र एकजुट भएर अगाडि बढ्न सके भविष्य उज्ज्वल छ ।

व्यवस्थापिका, कार्यपालिका र न्यायपाललिकामध्ये व्यवस्थापिकामा दलितको पहुँच बढ्दैछ भने कार्यपालिका र न्यायपालिकामा शून्यजस्तै प्रतिनिधित्व छ । अब तीनवटै अंगमा दलितहरूको प्रतिनिधित्व स्थापित गर्न सही कार्यदिशा स्थापित गर्नुपर्छ ।

विगतमा सीमान्तकृत पारिएको भूगोल, जातजाति, लिंग र वर्गलाई परिवर्तनले मूलधारमा समेट्न सक्यो कि सकेन ?

यो मुलुक हिमाल, पहाड र तराई मिलेर बनेको छ । त्यसैले मधेसी, पहाडी र हिमाली जनजातिहरूको संयोजनबिना यो राष्ट्रको भविष्य उज्ज्वल हुन सक्दैन । यिनीहरूको संयोजन गर्न आदिवासी, जनजाति, मधेसी, मुस्लिम, महिला र दलितको समानुपातिक समावेशी सिद्धान्तको आधारमा राज्यसत्तामा उनीहरूको पहुँच स्थापित हुनु पर्छ । स्वशासन, पहिचान र सहभागिता हुनुपर्छ ।

अहिले परिवर्तनलाई संस्थागत गर्ने मामिलामा राजनीतिक नेतृत्व अन्तैतिर बरालिएजस्तो लाग्दैन ?

सबै नीतिको मूल नीति राजनीति हो । राजनीति नेतृत्व गर्नेहरूमा व्यक्तिवाद हावी भएको देखिन्छ । नेतृत्व देश र जनताप्रति समर्पित हुनुपर्छ । उनीहरूले आफ्ना निहीत स्वार्थ त्यागेर देश र जनताको निम्ति प्रतिबद्ध भएर अगाडि जाने हो भने सबै समस्या हल हुन्छन् । अहिले अन्योल हुनुको कारण मैले लगानी गरेको छु, मैले नै त्यसको व्याज खानु पर्छ भन्ने प्रवृत्ति हो जुन एकदमै गलत छ । म देश र जनताको निम्ति लागेको हुा भनेर अगाडि बढ्ने हो भने राजनीतिक भविष्य नराम्रो देख्दिन । नेताले मैले संघर्ष गरो त्यसको मुआब्जा चाहियो भन्न मिल्दैन । राजनीति सेवा भावको हुनु पर्छ । अहिलेको मूल समस्या नै यही हो । कान्तिपुर दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार