असार २९, २०८२ आइतबार July 13, 2025

इराककाे कोभिड अस्पतालमा अक्सिजन ट्याङ्की पड्किँदा कम्तीमा २३ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इराकको राजधानी बगदादमा कोभिड बिरामीहरूको उपचार गरिरहेको एक अस्पतालमा आगलगाी हुँदा कम्तीमा २३ जनाको ज्यान गएको छ।

शनिवार राति खतिब अस्पतालमा शुरू भएको आगलागीमा परेर दर्जनौँ घाइते भएका छन् ।

रिपोर्टहरूमा जनाइएअनुसार अक्सिजन ट्याङ्की विस्फोट हुँदा आगलागी शुरू भएको हो। सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा अग्नि नियन्त्रकहरू आगो निभाइरहेका र मानिसहरू अस्पताल छोडेर भागिरहेका देखिन्छन् ।

इराकका प्रधानमन्त्री मुस्तफा अल-कादिमिले ‘दुःखद दुर्घटना’को कारण खोल्न तत्काल अनुसन्धान गर्ने भनेका छन् ।

इराकका नागरिक सुरक्षा निकायका प्रमुख मेजर जनरल कादिम बोहानले राज्य सञ्चालित सञ्चारमाध्यमलाई बताएअनुसार अस्पतालको आईसीयू इकाईबाट आगलागी शुरू भएको थियो।अहिलेसम्म आपत्‌कालीन उद्धार समूहले १२० मध्ये ९० जना बिरामी र उनका नातेदारलाई उद्धार गरेका छन् ।

अस्पताल स्रोतले एएफपी समाचारसंस्थालाई बताएअनुसार कोभिड-१९का गम्भीर बिरामीहरूको उपचार गर्न छुट्ट्याइएको कक्षमा ‘३० जना बिरामी आईसीयूमा थिए’।

घाइते र बिरामीहरूलाई एम्बुलेन्सबाट नजिकका अरू अस्पतालमा पुर्‍याइएको छ।राकको नागरिक सुरक्षा विभागका अनुसार आइतवार सबेरै सम्ममा आगो नियन्त्रणमा आएको छ ।

सरकारको मानव अधिकार आयोगले उक्त दुर्घटना “कोभिड-१९ बाट पीडित बिरामीका लागि यो अपराधको रूपमा आएको छ ।”

इराकमा कोरोनाभाइरस फेब्रुअरीयता तीव्र रूपमा बढिरहेको छ र यो हप्ता सम्ममा १० लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार कुल १० लाख २५ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको र १५,२१७ जनाको कोभिड-१९ का कारण मृत्यु भएको छ ।

त्यहाँ गत महिनादेखि खोप कार्यक्रम शुरू गरिएको छ र अहिलेसम्म ६ लाख ५० हजार जनालाई खोप दिइएको छ। धेरैजसो खोप विश्वव्यापी खोप सहयोग कार्यक्रम कोभ्याक्समार्फत् आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया