श्रावण ७, २०८२ बुधबार July 23, 2025

कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने चार जना सांसद पदमुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने सत्तारुढ नेकपा एमालेका चारजना सांसद पदमुक्त भएका छन् । आईतबार आज प्रदेश सभाको बैठकमा सभामुख राजबहादुर शाहीले पदमुक्त भएको सूचना पढेर सुनाएका हुन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा ४ सांसदहरुले एमाले प्रदेश सभा संसदीय दलको ह्वीप उल्लंघन गरेका थिए । पदमुक्त भएका सांसदहरुमा प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढा छन् ।

निश्काशित चारजना मध्य शाही, थापा र बुढा मन्त्री छन् । उनीहरुलाई १२ वैशाखमा एमाले संसदीय दलका नेता यमलाल कँडेलले पदमुक्त गरेको पत्र प्रदेश सभामा पेश गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया