असार २४, २०८२ मंगलबार July 8, 2025

देशभरका विद्यालयहरू बन्द गर्ने सरकारको  निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मन्त्रिपरिषद्को बैठकले (सीसीएमसी)को सिफारिस बमोजिम देशभरका विद्यालयहरू बन्द गर्ने  निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको बैठकले कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

यसअघि सीसीएमसी निर्देशक समितिको आइतबार बसेको बैठकले सोमबारदेखि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । यससँगै अव विद्यालय तथा शिक्षण संस्थाहरूले भर्चुअल तथा वैकल्पिक विधिबाट पठनपाठन गर्नुपर्नेछ ।

बैठकले पहाडी-हिमाली जिल्लामा २०० र उपत्यकाका साथै तराई–मधेस तथा हकमा ५०० बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा स्थानीय प्रशासनले वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गर्न सक्ने निर्णय पनि गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया