असार २४, २०८२ मंगलबार July 8, 2025

कोरोना कहर : तनहुँको व्यास नगरपालिकाका सबै विद्यालय बन्द (विज्ञप्ती सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः तनहुँको व्यास नगरपालिकाकोे क्षेत्रभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयको भौतिक कक्षा बन्द हुने भएका छन् । नगरपालिकाले मंगलबार विज्ञप्ति जारी गरी वैशाख १५ गतेदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण बढ्न थालेका कारण विद्यालय बन्द गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ । विद्यार्थीहरुलाई घरमा बसेर परीक्षाको तयार गर्न निर्देशन दिँदै नगरपालिकाले विद्यालय बन्द गरेको हो । साथै परिक्षा भने पूर्व सूचना अनुरुप नै संचालन हुने नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेद्रप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले देशैभर संक्रमण बढेको भन्दै भौतिक कक्षा रोक्ने निर्णय गरेको हो ।
अब भर्चुअल तथा अन्य वैकल्पिक कक्षा चलाउन नगरपालिकाले भनेको छ। यसै आधारमा नगरका विद्यालयमा पत्राचार गरिएको नगर शिक्षा प्रमुख नगेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

विद्यार्थीहरुलाई भीडभाडमा नजान, बिरामी भएका व्यक्तिको सम्पर्कबाट टाढा रहन र विदेशबाट आएका मानिसहरुको सम्पर्कबाट टाढा रहनलगायत स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर घर बस्न समेत व्यास नगरपालिकाले अनुरोध गरेको छ ।

वैकल्पिक प्रणालीबाट शिक्षण सिकाई क्रियाकलाप गर्न समेत नगरपालिकाले विद्यालयहरुलाई अनुरोध गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया