असार २९, २०८२ आइतबार July 13, 2025

अमेरिकाले अरु देशलाई खोप उपलब्ध गराउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आस्ट्राजेनेकाको कोरोना भाइरस खोप अरू देशलाई सहयोगस्वरुप उपलब्ध गराउने बताएको छ ।

अमेरिकाको खाद्य तथा औषधि नियामक निकायले यस खोप सम्बन्धी सुरक्षा मूल्यांकन गरेपछि सो खोप विश्वका केही देशलाई दिने भएको ह्वाइटहाउसद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

सो विज्ञप्तिका अनुसार अमेरिकाले करिब ६ करोड मात्राको खोप केही महिनाभित्र निर्यात गर्न सक्ने बताइएको छ। विश्वभरि आस्ट्राजेनेकाको खोप प्रयोग भइरहेको भए पनि अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) ले सो खोपलाई भने अझै पनि स्वीकृति दिएको छैन ।

विश्वका कतिपय देश र संघसंस्थाहरुले अमेरिकाले ठूलो संख्यामा खोप राखेको बताइएको छ। यसकारण पनि अमेरिकाको आलोचना भइरेहको बताइएको छ। उता अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख मेडिकल सल्लाहकारले अमेरिकाले आस्ट्राजेनेका खोप प्रयोग गर्ने निश्चित नभएको बताए ।

अघिल्लो महिनामा मात्र राष्ट्रपति बाइडेनले मेक्सिको तथा क्यानडालाई ४० लाख मात्रा आस्ट्राजेनेका खोप दिने वाचा गरेका थिए। यी दुई देशले भने आस्ट्राजेनेकाको प्रयोगलाई अनुमति दिएका छन् ।

अमेरिकाका छिमेकी देशहरु क्यानडा र मेक्सिको तथा अन्य दर्जनौँ देशले पनि अमेरिकी खोपको आपूर्तिमा पहुँच पाइयोस भनेर अनुरोध पनि गरिरहेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया