असार २२, २०८२ आइतबार July 6, 2025

गण्डकी प्रदेशसभा – प्रदेशसभा सदस्यको पिसिआर परीक्षण पछि बस्ने सहमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गण्डकी प्रदेशसभाको विशेष अधिवेशनअन्तर्गत आज स्थगित बैठक प्रदेशसभा सदस्यको पिसिआर परीक्षण गरेपछि बस्ने सहमति भएको छ ।

सत्ता पक्षीय नेकपा एमालेका प्रदेशसभा सदस्यबाट कोरोना महामारी बढेको वर्तमान अवस्थामा सदस्यको पिसिआर परीक्षण हुनुपर्ने मागसहित आजको बैठक अवरुद्ध गरेपछि कार्यव्यवस्था परामर्श समितिको बसेको बैठकले परीक्षण गरेर मात्र सभा बस्ने सहमति जुटेको हो । सबै सदस्यको पिसिआर परीक्षण गर्ने भन्दै भोलि १ बजेसम्मका लागि बैठक स्थगित गरेको छ ।

बैठकमा कोरोना सङ्क्रमण पुष्टि भएका सदस्यले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको छलफलमा सहभागी हुन नपाउने तर मतदान प्रक्रियामा सहभागि हुन पाउनेमा सहमति जुटेको बताइएको । सहमतिअनुसार आजै प्रदेशसभा सदस्यको पिसिआर परीक्षण भएको र भोलि १० बजेसम्म त्यसको नतिजा आएपछि १ बजे बैठक बस्ने प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशसभाको विशेष अधिवेशनअन्तर्गत आजको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया