काठमाडौंः सरकारले मधेश आन्दोलनसँग सम्बन्धित जसपाका १२० जना नेता-कार्यकर्ताको मुद्दा फिर्ता लिने निर्णय गरेको छ।
सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै तराई–मधेश आन्दोलनसँग सम्बन्धित विभिन्न १५ मुद्दाका १२० अभियुक्तका मुद्दा फिर्ता लिने निर्णय भएको जानकारी दिए ।
प्रवक्ता गुरुङले जनता समावादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राखेका माग सम्बोधन गर्न सरकारले मुद्दा फिर्ता लिएको जनाएका हुन् ।
जसपाले मधेश आन्दोलन र थरुहट आन्दोलनका क्रममा आफ्ना नेता तथा कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता लिन माग गर्दै आएको थियो ।
प्रतिक्रिया