काठमाण्डौंः कोभिड -१९ ले महामारीको रूप लिन लागेपछि स्थानीय प्रशासनले पाल्पामा यही वैशाख १७ गते राती १२ः०० बजेबाट लागु हुने गरी निषेधाज्ञा जारी गरेपछि सदरमुकाम तानसेनबाट गाउँ फर्किनेहरूको सङ्ख्या बढेको छ ।
स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि सदरमुकाममा डेरा गरी बसेकाहरू खाद्यान्न, तरकारी जस्ता बस्तुको समस्या टार्न र स्वास्थ्य सुरक्षाको खोजीमा गाउँ फर्किन लागेका हुन ।
विद्यार्थी गाउँ फर्किन थालेपछि पाल्पा सदरमुकाम अहिले सुनसान हुन थालेको छ । पाल्पाको प्रमुख शैक्षिक केन्द्र बनेको तानसेनमा विद्यार्थी गाउँ फर्किन थालेपछि सुनसान बन्न थालेको हो ।
तानसेनमा डेरा गरी बस्ने विद्यार्थी सुरज घिमिरेले क्याम्पस बन्द भयो, कहिले खुल्छ थाहा छैन । त्यसैले घरमै सुरक्षित हुने हुँदा घर जान लागेको बताउनुभयो ।
विद्यार्थी मात्र नभई गाउँबाट समेत सरकारी प्रयोजनको लागि सदरमुकाम आउनेको सङ्ख्यामा कमी हुन थालेपछि अहिले पाल्पाका होटल, पसल समेत सुनसान भएका छन् ।
जिल्लामा हाल २ सय ४८ जनामा कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । यो सङ्ख्या दैनिक बढ्दै गइरहेको अवस्था छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया