असार २४, २०८२ मंगलबार July 8, 2025

दोलखाका ६९ विद्यालयमा शैक्षिक सुधार कार्यक्रम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दोलखा जिल्लाका विद्यालयमा शैक्षिक सुधार कार्यक्रम लागु  भएको छ  । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागु भएका जिल्लाका  ६९ विद्यालयमा कार्यक्रम लागु भएको हो ।

छनोटमा परेका विद्यालयमा शैलुङ गाउँपालिकाका १२, भीमेश्वर नगरपालिकाका १० सामुदायिक विद्यालय, बिगु र तामाकोशीका नौ–नौ, बैतेश्वर गाउँपालिकाका छ तथा गौरीशङ्कर र कालिञ्चोक गाउँपालिका एवं जिरी नगरपालिकाका  पाँचपाँच विद्यालय छनोट भएको शिक्षा विकास तथा समन्वय एकाइ दोलखाले जनाएको छ ।

छनोट भएका विद्यालयको कार्यक्रम सबै स्थानीय तहले कार्यान्वयन गर्नुपर्ने र  सङ्घीय सरकारले चाँडै सम्बन्धित स्थानीय तहमा बजेट निकासा गर्ने शिक्षा विभागले जनाएको छ ।

यसरी शैक्षिक सुधार लागु भएका विद्यालयमा कक्षाकोठा निर्माण तथा  सुधार, खानेपानी, पुस्तकालय, कम्प्युटर, शौचालय, विज्ञान प्रयोगशाला र अन्य विषय समाविष्ट हुने  जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाका मन्दिरा काफ्लेले बताउनुभयो ।

विसं २०७२ को भूकम्पका कारण जिल्लाका सामुदायिक तथा अन्य गरी ३४७  विद्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएका थिए । तीमध्ये केही निर्माणाधीन तथा धेरैजसो  भवन निर्माण सम्पन्न भइसकेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया