असार २२, २०८२ आइतबार July 6, 2025

‘कांग्रेसको सरकारमा गएको भए दुई वर्ष मन्त्री हुन्थे, यो सरकारमा सायद १० दिन म हुँदिन होला ।’ – दिपक मनाङ्गे (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको पद संकटमा परेपछि कोही सांसद आइसियूमा भर्ना हुनुभयो, कोही मन्त्री हुनुभयो, राजनीति अनौठो रहेछ है ? 

मेरा लागि यो ‘च्यालेन्ज’ हो, म सधैँ ‘च्यालेन्ज एसेप्ट’ गर्ने मान्छे हो । तपाईंले एउटा कुरा के लेख्नोस् भने मलाई एमालेको ऋण थियो, अहिले चुक्ता गरेँ। मान्छेहरूले एउटा कुरा के बुझेको छैन भने मनाङमा मेरो सहयोगमा एमालेले जितेको हो, एमालेको सहयोगमा मैले जितेको हो । हामी दुई टिम मिलेर मनाङमा चुुनाव जितेको हो । त्यसमा पनि अहिलेको मुख्यमन्त्रीजीले मलाई जिताउन सहयोग गर्नुभयो । उहाँका लागि मैले केही त गर्नैपथ्र्यो । मन्त्री भएर सहयोग गरेँ । कांग्रेसको सरकारमा गएको भए दुई वर्ष मन्त्री हुन्थेँ है, यो सरकारमा सायद १० दिन म हुँदिन होला । तर, मेरा लागि त्यो ठूलो कुरा होइन । मलाई कामसँग मतलब छ । एक–दुई सातामै म यस्तो काम गरेर जान्छु कि पछि आउने मन्त्रीहरूले त्यसलाई निरन्तरता दिनैपर्छ । म नेताहरूलाई सिकाउन चाहन्छु– मन्त्री भनेको पैसा कमाउन बन्ने होइन, देशलाई योगदान गर्न बन्न होे ।

मुख्यमन्त्रीको पद संकटमा नपरेको भए सायद तपाईंले मन्त्री बन्ने अवसर पाउनुहुन्न थियो होला है ? 

आज उहाँ समस्यामा हुँदा मैले पनि सहयोग गर्नुपर्यो । किनकि उहाँसँग मिलेर म चुनावमा गएको थिएँ ।

खेलकुदमन्त्रीचाहिँ तपाईंले रोज्नुभएको कि मुख्यमन्त्रीले प्रस्ताव गर्नुभएको ?

माओवादीले सरकार छाडेपछि दुई मन्त्रालय खाली थिए । अहिले पनि मुख्यमन्त्रीले तीनवटा मन्त्रालय चलाइरहनुभएको छ । दाइ मन्त्रालय बाँडफाँड गर्नुपर्छ, एकैजनाले धेरै मन्त्रालय राख्नुहुँदैन भनेको हुँ । उहाँले मन्त्री बनाउनुभयो । मेरो त्यस्तो कुनै लोभ पनि छैन । खानलाई पुगेको छ । हाइप्रोफाइल लाइफस्टाइल पनि छैन, नर्मल मान्छे हुँ ।

एक समय अन्तर्वार्तामा भन्नुहुन्थ्यो नि, म डन होइन, यो देशको सबैभन्दा ठूलो डन त प्रधानमन्त्री हो भनेर, अहिले आफैँ राजनीतिमा आएपछि आफ्नो भनाइ आफैँलाई कस्तो लाग्यो ? 

त्यो पहिलाको प्रसंगमा भनेको हुँ । अहिलेको प्राइममिनिस्टरले केही राम्रो पनि गरेको छ, केही नराम्रो पनि गरेको छ । सबै गुण भगवान्सँग त हुँदैन, प्रधानमन्त्रीसँग कहाँ हुन्छ ?

तपाईं गुन्डागर्दीको आरोपमा पटकपटक पक्राउ पर्नुभएको हो, अहिले मन्त्री हुनुभएकोमा धेरैले आश्चर्य व्यक्त गरेका छन्, सामाजिक सञ्जालमा अनेक टिप्पणी भइरहेका छन्, मान्छेले अनौठो मानेका छन् नि । 

हरेक मान्छेको राम्रो र नराम्रो पक्ष हुन्छ । रावणलाई आजसम्म पनि भगवान् मान्ने मान्छे छन् नि । श्रीलंकामा रावणलाई भगवान् मान्छन्, भारतमा राक्षस मानिन्छ । मलाई पनि कसैले डन भन्छ, कसैले नेता भन्छन्, व्यापारी भन्छन् । मलाई कसैले आलोचना गर्छ भने उसको ‘प्रब्लम’ हो, मेरो होइन । गाली गर्नेलाई गाली गर्न दिनोस् । आधाले पूजा गर्छ, आधाले गाली गर्छ । यसले मलाई केही फरक पर्दैन ।

तर, तपाईंलाई हिजो जुन प्रहरीले गुन्डा भनेर १३ पटकसम्म पक्राउ ग¥यो, ज्यान मुद्दाको अभियुक्त भनेर तस्बिर पनि सार्वजनिक ग¥यो, आज त्यही प्रहरीले सलाम सुरु गरिसक्यो । तपाईंका लागि त यो त ठूलै फड्को हो, होइन र ? 

बिचरा उनीहरूको आफ्नो ‘ड्युटी’ हो । हाम्रो देशमा पुलिसले आफ्नो ‘ड्युटी’ एकदमै राम्रोसँग गरेको छ, यो तपाईं मान्नोस् । भारतमा पुलिस र नेता मिल्छ भन्छन्, नेपालमा त्यस्तो हुँदोरहेनछ । नेपालको पुलिसले मैले केही गल्ती गरेँ भने भोलि पनि समातेर लाग्छ, मलाई जेल पनि हालिदिन्छ, आज म यो पोजिसनमा छु, स्यालुट गर्यो । भोलि मैले गलत गरेँ भने मलाई जेलमा हाल्ने हो ।

त्यसो भए तपाईंले हिजोको दिनमा पक्राउ पर्ने काम गरेकै हो, अवैध काम गरेकै हो ? 

होइन, म भन्छु– पुलिस पहिला त्यति राम्रो थिएन । मलाई दुःख दिएकै हो । अरू देशमा भए पुलिसविरुद्ध नै मुद्दा हाल्न पाइन्थ्यो, हाम्रो देशमा पाइँदैन । डाक्टरले मान्छे मार्दा त हाम्रो देशमा क्षतिपूर्ति पाइँदैन, प्रहरीविरुद्ध कहाँ पाउनु ? ३० वर्षअघि कस्तो थियो भने नेविसंघको झन्डा बोकेर पुलिसमा जागिर खान्थे मान्छेले । नेविसंघको केटा इन्स्पेक्टर भएपछि उसले कांग्रेसलाई राम्रो गर्नैप¥यो नि, होइन र ? परीक्षा नदिई पुलिसमा भर्ना भएर एआइजीसम्म भएको मान्छे चिनेको छु, तर अहिले त्यस्तो छैन । अहिले केटाहरू पढेर आएका छन् । अहिले राम्रा–राम्रा पुलिस अफिसर छन् । गल्ती गर्नेलाई छाड्दै–छाड्दैन । पुलिसमा धेरै ‘चेन्ज’ भएको छ ।

जे होस् अब मन्त्री हुनुभयो, तपाईं स्वतन्त्र सांसद, अब त एमालेको मन्त्री हुनुभयो कि स्वतन्त्र नै हो । 

मैले जिन्दगीमा गलत कुरामा आमाबुबाले भनेको त मानिनँ भने पार्टीले भनेको पनि मान्दिनँ । त्यसैले कहिल्यै पार्टीमा बस्दिनँ । एमालेमा पनि लाग्दिनँ । अब मेरो एउटा लक्ष्य छ, फेरि एकपटक स्वतन्त्र रूपमा प्रदेशमै चुनाव लड्छु । अन्तिमपटक पाँच वर्षका लागि सांसद बन्छु । किनकि मेरो धेरै योजना पूरा भएको छैन । केही राम्रा काम गर्ने योजना छन् ।

खेलकुदमन्त्री बन्नुभयो, कसरी काम गर्ने भनेर योजना पनि बनाउँदै हुनुहुन्छ होला । 

धन्यवाद । मन्त्री भएपछि मैले योजना बनाइसकेको छु । खेलकुदलाई युवाको स्वरोजगारको हिसाबले पनि हेरेको छु । खेलाडीले परिवारलाई पाल्न सक्ने कि नसक्ने भन्ने ठूलो प्रश्न हो । खेलबाट सन्न्यासपछि के गर्ने भन्ने चिन्ता हुन्छ । यसका लागि मैले एउटा स्किम बनाएको छु । वन र कृषि मन्त्रालयसँग मिलेर त्यो छिट्टै सार्वजनिक हुन्छ । हाम्रो मनाङमा त खेलकुदमा खासै मान्छे छैन । मनाङको मान्छे तास मात्र खेल्ने हो, अरू केही खेल्दा पनि खेल्दैन । तर, गण्डकीका अन्य १० वटा जिल्लाका लागि दुई–चार हजार रोपनी सरकारी जग्गामा बृहत् कृषि आयोजना चलाउने हो । अवकाश पाएका खेलाडीलाई ठूला कृषि उद्योगमा लगाउने मेरो योजना छ । त्यसमा मलाई सबैको साथ चाहिन्छ । नयाँ पत्रिका दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार