श्रावण ७, २०८२ बुधबार July 23, 2025

सीमा नाकामा अनिवार्य पिसिआर परीक्षण गर्न सभापति देउवाको सुझाव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भारतबाट घर फर्किएका नागरिकको सीमा नाकामा अनिवार्य पिसिआर परीक्षण गर्न सरकारलाई सुझाव दिएका छन् । सभापति देउवाले आज आफ्नो निवास बूढानीलकण्ठमा पत्रकार सम्मेलन गर्र्दै सीमा नाकामा अनिवार्य परीक्षण गर्न तथा त्यसको नतिजा नआउँदासम्म नागरिकलाई होल्डिङ सेन्टरमा राख्न सरकारसँग माग गरे ।

परीक्षणका क्रममा कोरोना सङ्क्रमितलाई स्थानीय तहसँग समन्वय गरी आइसोलेशनमा राख्ने व्यवस्था मिलाउन पूर्वप्रधानमन्त्री देउवाले सरकारलाई सुझाव दिए । वर्तमान सरकार कोरोना रोकथाम र नियन्त्रणमा गम्भीर नभएको आरोप लगाउँदै नेता देउवाले सरकारको लापरवाहीका कारण कोरोना फैलिइरहेको विचार राखे । काठमाडौँ उपत्यकाबाट ठूलो सङ्ख्यामा सर्वसाधारण गाउँ फर्किएकाले कोरोना थप फैलिने खतरा बढेको सभापति देउवाले सुनाए । सङ्क्रमितहरु परीक्षण नै नगरी गाउँतिर गएका कारण थप भयावह स्थिति आउने प्रति उनले सचेत गराए ।

निषेधाज्ञाका अवधिमा कोरोना रोकथाम र नियन्त्रणका लागि आवश्यक काम गर्न सभापति देउवाले सरकारलाई सुझाव दिए । ‘वर्तमान सरकारको ध्यान उद्घाटन, भीडभाड र तडकभडकमा बढी केन्द्रित भएको छ, सङ्क्रमण रोक्न सरकारले कुनै ठोस काम गर्न नसक्दा निषेधाज्ञा गर्नुपर्ने अवस्था आएको हो’, उनले भने ।

सभापति देउवाले स्वास्थ्य, सुरक्षा, सरसफाइकर्मीलगायतलाई जोखिममा काम गरेको भत्ताको सुनिश्चिता गर्न सरकारसँग माग गरेका छन् । उनले सरकारी तथा निजी क्षेत्रका स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति तत्काल व्यवस्थापन गर्न पनि आग्रह गरे । कोरोनाविरूद्धको खोप आपूर्तिको सुनिश्चितता गर्नुपर्ने तथा विदेश जानेका हकमा पिसिआर परीक्षण गर्ने स्वास्थ्य संस्था बढीभन्दा बढी तोक्नुपर्ने उनको भनाइ थियो ।

नेता देउवाले कोरोना महामारीबाट प्रभावित सबैलाई आवश्यक राहत उपलब्ध गराउनुपर्नेमा जोड दिँदै व्यवसायीका लागि राहत तथा सहयोगको प्याकेज ल्याउन सरकारसँग माग गरे ।

सभापति देउवाले केन्द्रदेखि गाउँसम्मका पार्टीका सबै संरचनालाई कोरोनाविरुद्धको सचेतना अभियानमा खटिन निर्देशन दिँदै उनले अहिलेको महामारीको मिलेर सामना गर्न पार्टी पङ्क्ति सबैलाई आग्रह गरे । कोरोना सङ्क्रमितलाई उपचार अभाव भएमा त्यसका लागि सहयोग गर्न उनले देशभरका आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन् । अमेरिकाले नेपाललाई खोप सहयोग गर्न लागेकामा स्वागत गर्दै सभापति देउवाले भारत र चीनले खोप उपलब्ध गराएकामा धन्यवाद पनि दिए ।

मास्क अनिवार्य लगाउने, साबुनपानीले हात धुने, भौतिक दूरी कायम गर्नेलगायत स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाइका साथ लागू गर्नका लागि अनुगमन संयन्त्र बलियो बनाउन सभापति देउवाले माग गरेका छन् । समस्यामा परेकाहरुका लागि सहयोग अभियान चलाउन पनि उनले निर्देशन दिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
पुष्पलालको विचारलाई व्यवहारमा उतार्न आवश्यक : मुख्यमन्त्री कँडेल
२०८२ श्रावण ७, बुधबार
विद्या भण्डारीको सदस्यता नवीकरण प्रक्रिया निष्क्रिय भइसक्यो : महासचिव शंकर पोखरेल
२०८२ श्रावण ७, बुधबार
चुरे संरक्षणका लागि दोहन रोकौं : उपप्रधानमन्त्री सिंह
२०८२ श्रावण ७, बुधबार
मधेश प्रदेश विपद संकटग्रस्त क्षेत्र घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रधानमन्त्रीको विशेष सम्बोधन स्थगित
२०८२ श्रावण ७, बुधबार