असार २२, २०८२ आइतबार July 6, 2025

एकीकृत जनक्रान्ति कार्यदिशा नै होईन ।- कृष्णप्रसाद धमला (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तपाँईले विप्लव नेतृवको नेकपाको पार्टी विभाजन गरेको समाचार आयो तर तपाँई पार्टीमै हुनुहुन्थेन कसरी पार्टी विभाजन हुन्छ ?

पहिलो कुरा मसहित १७ जना साथीहरु पार्टीको सुद्धिकरणमा परेका थियौँ । पार्टीबाट कारबाही हुनु र शुद्धिकरणमा पर्नु फरक कुरा हो । शुद्धिकरण सधैका लागि हुँदैन । त्यो क्षणिक प्रक्रिया हो । त्यसपश्चात हामीलाई पार्टीमा कुनै जिम्मेवारी दिईएन । त्यसकारण हामी सधै त्यहाँ पेण्डुलम भएर रहिरहने कुरा भएन । हामीमाथि शुद्धिकरणले अन्याय भएको थियो । पार्टी शुद्धिकरणमा परेका साथीहरुसँगको लामो छलफलपछि हामीले जन समाजवादी मञ्च गठन गरेका हौँ ।

भनेपछि तपाँईको असन्तुष्टि राजनीतिक नभएर नितान्त पद र जिम्मेवारीको रहेछ भन्ने देखियो नि ?

होईन, हाम्रो असहमति पद वा जिम्मेवारीको होईन, राजनीतिक र वैचारिक नै हो । हामीले राजनीतिक बिषयमा पटक पटक छलफल गरेका थियौँ । त्यही कारण हामी शुद्धिकरणमा पर्यौ ।

अनि राजनीतिक कार्यदिशाकै बिषयमा तपाँईको मत भिन्नता थियो ?

हो । हामीले राजनीतिक कार्यदिशाका बिषयमा पटक पटक कुरा उठाएका थियौँ । त्यही कारण हामीलाई कुनै पनि जिम्मेवारी दिईएन । एकीकृत जनक्रान्ति स्पष्ट हुनु पर्यो भन्ने हामीले भनेका थियौ । त्यो सुन्ने पक्षमा नेतृत्व भएन ।

त्यसो भए एकीकृत जनक्रान्ति नै गलत थियो भन्ने तपाँईको भनाई हो ?

हो । एकीकृत जनक्रान्ति कार्यदिशा नै होईन । त्यो कार्यक्रम मात्र हो । त्यसले नेपाली क्रान्तिलाई अगाडी बढाउँदैन । अमृत भयो । मूर्त भएन । सारसंग्रहवादी भयो । निगम पुँजीवादी युगमा नयाँ जनवादी क्रान्ति भन्नु नै गलत छ । नयाँ खालको राजनीतिक कार्य दिशा हुनपर्दछ । त्यसकारण नयाँ स्टेप चाल्न पुगेका हौँ ।

त्यसो भए विप्लव जीको पार्टीमा फकिने संभावना छैन ?

त्यो संभवना छैन । राजनीतिक र वैचारिक मतभिन्नता हुँदा त्यहा जाने कुरै हुँदैन । पार्टीका कार्यशैलीका बिषयमा पनि प्रश्न गरेका थियौँ । अब त त्यहाँ बस्ने संभावना नै भएन ।

भनेपछि प्रचण्डले भने झै पूर्वमाओवादीहरु एक ठाउँमा जाने वातावरण तयार पार्न खोज्नु भएको हो ?

हामीले प्रष्ट भनेका छौँ । प्रचण्ड जी भनका पश्चगमनकारी नै हुन् । उनल संसदवादी राजनीतिको सेरोफेरो भन्दा फरक ढंगले सोच्न पनि सक्दैनन् । संसदीय प्रणाली आफैमा पश्चगमनकारी व्यवस्था हो । प्रचण्डले पटक पटक पूर्वमाओवादीहरुको एकीकरणको कुरा गरिरहन्छन् त्यसले संसदीय अंकगणितमा प्रभाव पार्ला तर वैज्ञानिक समाजवादी क्रान्तिको आधार भने तयार पार्दैन । तसर्थ हामी प्रचण्डको पार्टीमा जाने भए तपहिले नैजान्थ्यौ होला नि । त्यहाँ जाने कुरै हुँदैन ।

तपाँई त्यो पार्टीको पोलिट ब्यूरो सदस्य । राजनीतिक र वैचारिक बिषयमा प्रशिक्षण दिने मान्छे । तपाँई पार्टीबाट बाहिरिदा तपाईसँग जाने कार्यकर्ता रहेका छन् ?

एउटा राम्रो पङ्ति छ । १० जना जति पूर्व केन्द्रीय सदस्यहरु नै छन् । हामीले नेपालको क्रान्तिलाई नयाँ ढंगले अगाडी बढाउनलाई पहल गर्ने छौँ । वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्नका लागि नयाँ अभ्यासको थालनी गर्ने छौँ । समाजबादबाट सभार

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार