श्रावण ७, २०८२ बुधबार July 23, 2025

सङ्कटमा राज्यले हतास नभई नागरिकलाई ढाडस बन्नुपर्छ : कांग्रेस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्कटका बेला नागरिकलाई आग्रह गरिरहँदा हतास नभई विश्वास प्रवाह गर्नु जिम्मेवार सरकारको कर्तव्य हुने जनाएको  छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत सङ्कटमा ‘अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भइसकेको’ सार्वजनिक वक्तव्यले सरकारको लाचारी मात्रै होइन गैरजिम्मेवार प्रवृत्ति पुष्टि भएको बताउनुभएको छ ।

कांग्रेसले युद्धस्तरमा कार्य गर्न र कोरोनाविरुद्धको सङ्घर्षमा राज्यको क्षमता विस्तार गर्न सरकारलाई आग्रह गरेको छ । शय्या, भेन्टिलेटर, अक्सिजन प्लान्ट र  सिलिन्डर आदिमा सरकारको वास्तविक क्षमता कति हो, सङ्क्रमणको विस्तार कुन हदसम्म हुनसक्छ भन्ने विज्ञ अनुमान र विश्लेषण छ, त्यो हद सामना गर्न शय्यालगायत सरकारसँग बजेट, पूर्वाधार या इच्छाशक्ति के अभाव छ यसमा योजनाबद्ध र दृढ़ ढङ्गले प्रस्तुत हुन जरुरी रहेको  भनी कांग्रेसले सुझाव दिएको छ ।

 कांग्रेसले निजी क्षेत्रका अस्पताललाई कोरोनाविरुद्धको सङ्घर्षमा बृहत्तर सहकार्यमा कसरी गोलबन्द गर्ने, राजनीतिक दल, सङ्घसंस्था र समाजसँंग सरकारले गरेको सहयोग अपेक्षा के हो, फ्रन्टलाइनमा रहेर कार्य गरिरहेका स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न सरकार कसरी प्रस्तुत हुने, खोपको पछिल्लो खेप आयातमा अन्तरराष्ट्रिय पहलकदमी कति तीव्रतर छ भन्ने समग्र विषयमा सरकार प्रष्ट, पारदर्शी, योजनाबद्धरुपमा प्रस्तुत हुनुपर्ने जनाएको छ ।

सङ्कटका बेला हरेक नागरिकको अभिभावक राज्य हुनुपर्ने जनाउँदै प्रवक्ता शर्माले परिस्थितिको गम्भीरताबमोजिम कार्य गर्न सरकारलाई सजग गराउनुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
पुष्पलालको विचारलाई व्यवहारमा उतार्न आवश्यक : मुख्यमन्त्री कँडेल
२०८२ श्रावण ७, बुधबार
विद्या भण्डारीको सदस्यता नवीकरण प्रक्रिया निष्क्रिय भइसक्यो : महासचिव शंकर पोखरेल
२०८२ श्रावण ७, बुधबार
चुरे संरक्षणका लागि दोहन रोकौं : उपप्रधानमन्त्री सिंह
२०८२ श्रावण ७, बुधबार
मधेश प्रदेश विपद संकटग्रस्त क्षेत्र घोषणा
२०८२ श्रावण ७, बुधबार