असार २४, २०८२ मंगलबार July 8, 2025

कोरोना संक्रमणका कारण एकै दिन दुई शिक्षकको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोरोना संक्रमणका कारण कञ्चनपुरमा एकै दिन दुई शिक्षकले ज्यान गुमाएका छन् । दोधाराचाँदनी नगरपालिका ७ बाबाथान लक्ष्मी माविका प्रध्यानाध्यापक शिक्षक लोकराज भट्ट र भीमदत्त नगरपालिका ४ महेन्द्रनगरस्थित भृकुटी माविकी शिक्षिका मञ्जु केसीको मृत्यु भएको हो ।

सामान्य रुघाखोकी लागेर श्वास–प्रश्वासमा समस्या भएपछि उपचारका लागि बिहीबार महाकाली अस्पताल गएका शिक्षक लोकराज भट्टको कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । अस्पतालमा रहेका सबै आइसियू बेड भरिभराउ भएको र थप उपचारका लागि डडेल्धुरा उपक्षेत्रीय अस्पताल लैजाने क्रममा बीचबाटोमै उनको मृत्यु भएको हो ।

त्यसै गरी भीमदत्त नगरपालिका ४ महेन्द्रनगरस्थित भृकुटी माविकी शिक्षिका मञ्जु केसीको तीन दिनअघि बिरामी भएकी थिइन । उनको उचित उपचारको अभावमा मृत्यु भएको उनका आफन्तले जानकारी दिएका छन । खबर एजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया