असार २९, २०८२ आइतबार July 13, 2025

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले दिए राजीनामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले अचानक राजीनामा दिएका छन् ।

मुख्यमन्त्री पोखरेलले केही बेर अघि प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामा बुझाएका हुन्। नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न भन्दै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको प्रदेश प्रमुख कार्यालय स्रोतले जानकारी दिएको छ।

उनी विरुद्ध प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी(जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । आज प्रदेश सभामा उनी विरुद्धको अविश्वास प्रस्ताव पेस हुन लागेको छ ।

विपक्षी दलले ६ वैशाखमा अविश्वास प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री पोखरेलले जसपाका चार जना सांसदलाई मन्त्री नियुक्त गरेका थिए। मन्त्री नियुक्त भएका चारै सांसदलाई जसपाले कारबाही गरेको छ भने उनीहरूको सांसद पद खारेज भइसकेको छ।

उनले प्रदेश सभाको बैठक बस्नु अघि नै राजीनामा दिएका हुन्। प्रदेश सभाको बैठक आज दिउसो १ बजे बस्न लागेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया