असार २४, २०८२ मंगलबार July 8, 2025

तनहुँमा धमाधम परीक्षा स्थगित हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौंः कोभिड १९ को संक्रमण फैलँदै जान थालेपछि भौतिक कक्षा बन्द गरी परीक्षाका तयारीमा जोड दिएका तनहुँका स्थानीय तहरुलाई परीक्षा स्थगित गर्ने निर्णय गरेका छन् ।
यहाँका विभिन्न स्थानीयहरूलाई परीक्षा मिति नै तय गरेर भर्चुअल लगायतका माध्यमबाट परीक्षाको तयारीमा जुटेका थिए ।
नयाँ भेरियन्ट सहितको महामारीले सङ्क्रमितहरूको सङ्ख्या बढ्दै जान थालेपछि जोखिम बढ्न सक्ने भन्दै परीक्षा स्थगित गरिएको हो । आइतबार आजबाट परीक्षा सञ्चालन गर्ने गरी मिति तय गरेको जिल्लाको बन्दिपुर गाउँपालिकाकाले अर्को सूचना भएका सम्मको लागि भन्दै शनिबार आकस्मिक बैठक बसेर परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
यस्तै ब्यास नगरपालिकाले पनि आइतबार आज विज्ञप्ति निकाल्दै परीक्षा स्थगित गर्ने निर्णय भएको जनाएको छ । भोलिबाट परीक्षा सुरु गर्ने तयारीमा रहेको ब्यासले वैशाख मसान्तसम्मका लागि परीक्षा स्थगित गरेको शिक्षा शाखा प्रमुख नगेन्द्र प्रसाद रेग्मीले जानकारी दिनुभयो । रेग्मीले वार्षिक परीक्षा कहिलेबाट सुरु गर्ने भन्ने निर्णय जेठको पहिलो साता मात्र थाहा हुने बताउनुभएको छ ।
यस्तै गरी तनहुँमा शुक्ल गण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका लगायत स्थानीय तहले समेत हालका लागि परीक्षा स्थगित गरिसकेका छन् ।
भिमाद नगरपालिकाले भने सङ्क्रमणको अवस्थालाई मध्यनजर गरेर मात्र निर्णय लिने भएको छ । विद्यालय बन्द गरेर वैकल्पिक सिकाइमा जोड दिएका नगरपालिकाले आगामी जेठमा वार्षिक परीक्षा लिने तयारी गरिरहेको कार्यपालिका सदस्य इमानबहादुर थापाले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया