श्रावण ७, २०८२ बुधबार July 23, 2025

लुम्बिनीका दुई स्वतन्त्र प्रदेशसभा सदस्य एमालेमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सूर्य चिह्न लिएर प्रदेशसभा सदस्यमा निर्वाचित कपिलवस्तु क्षेत्र नम्बर २ (ख) का धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी (बर्दघाट सुस्तापश्चिम) (१) ख का अजय शाहीले आफूहरु नेकपा (एमाले) प्रदेशसभा संसदीय दलप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ ।

उहाँहरुले आज प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री शंकर पोखरेलप्रति आफूहरुको समर्थन रहेको स्पष्ट गर्नुभएको छ ।

नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता कुलप्रसाद केसी नेतृत्वको सरकार गठनको दाबीमा आफूहरुको हस्ताक्षर हुनु बदनियत र त्रुटिपूर्ण रहेको विज्ञप्तिमा उल्लेख छ ।

नेता केसीले मुख्यमन्त्रीका लागि आइतबार प्रदेश प्रमुखसमक्ष बुझाएको दाबीमा श्रीवास्तव र शाहीसहित ४२ जनाको हस्ताक्षर थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया