श्रावण ७, २०८२ बुधबार July 23, 2025

लुम्बिनी प्रदेशका एमाले सांसद डाँगी माओवादीमा प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

दाङ क्षेत्र नं. २ (ख) बाट निर्वाचित एमाले सांसद डाँगी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र लुम्बिनी प्रदेशकी सांसद दामा शर्माले डाँगी माओवादीमा प्रवेश गरेको र औपचारिक रुपमा भोलि (बुधबार) स्वागत गरिने बताइन् ।

यसअघि सूर्य चिन्हबाट चुनाव लडेकी सांसद विमल खत्री पनि माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन् ।  उनी दाङ क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित सांसद हुन् ।

डाँगी माओवादी केन्द्रमा प्रवेश गरेपछि अब मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा ३८ सांसद हुनेछन् । एमालेबाट निर्वाचित सांसद दृगनारायण पाण्डेयले राजीनामा दिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया