असार २९, २०८२ आइतबार July 13, 2025

माओबादीद्धारा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता – संसद सचिवालयमा पत्र दर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र बुझाएका हुन्। यसअघि मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

गत २८ फागुनमा एमाले र माओवादी केन्द्र ब्युँतिएयता माओवादी केन्द्र राजनीतिक रूपमा प्रधानमन्त्री ओलीको विपक्षमा रहे पनि प्राविधिक रूपमा डेढ महिनासम्म सरकारलाई दिएको सर्मथन कायमै राखेको थियो ।

समर्थन फिर्तासँगै वैकल्पिक सरकार निर्माणको कसरतमा  माओवादी केन्द्र जुटेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र एमालेका नेता माधवकुमार नेपालसँग संवाद गरिरहेका छन् । उनीहरूबीच जसपा अध्यक्ष यादवको निवास हात्तीवनमा बिहान मात्रै साँढे दुईघण्टा छलफल गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया