काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेर बहादुर देउवा बिच डेढ घण्टादेखी भेटवार्ता जारी छ ।
प्रधानमन्त्री ओली दल बलसहित एमाले नेताहरु लिएर कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका हुन् ।
प्रधानमन्त्री ओलीलाई सत्ताबाट निकाल्नका लागि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहित माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र एमालेकै माधव नेपाल पक्ष आन्तरिक गृहकार्यमा जुटिरहेका बेला अकस्मात प्रधानमन्त्रीले सभापति देउवालाई बूढानिलकण्ठमै पुगेर भेट्नु अर्थपूर्ण रुपमा हेरिएको छ ।
उक्त भेटवार्तामा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्वसभामुख सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा बादल र अर्थमन्त्री बिष्णु पौडेल रहेका छन् । करिब डेढघण्टादेखी उहाँहरुबीच आगामी सोमबार बस्ने संसद बैठकलाई लिएर छलफल भईरहेको देउवाको सचिवालयले जनाएको छ ।
पूर्व निर्धारित उक्त छलफलमा काँग्रेसबाट बरिष्ट नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि, महामन्त्रीद्वय डा. सशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी छन् ।
मंगलबार साँझ मात्रै माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवसहित एमाले वरिष्ठ नेता माधव नेपालबीच बिश्वासको मत नदिने मोटामोटी सहमति भएको बताईएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया