काठमाण्डौंः प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिने ईच्छा अधुरै हुने संकेत देखिएको छ ।
सत्तारुढ नेकपा एमालेका शिर्ष नेताहरुसहित काँग्रेस सभापति देउवा निवास बूढानीलकण्ठ पुगेर सहकार्यको प्रस्ताव राखेका प्रधानमन्त्री ओलीलाई सभापति शेर बहादुर देउवाले खाली हात फर्काएसँगै वैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने ईच्छा अधुरै हुने भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली बुधबार विश्वासको मतका लागि वातावरण बनाउन दलबलसहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका थिए ।
तर, जवाफमा कांग्रेसले विश्वासको मत दिन नसक्ने स्पष्ट बताएपछि ओलीको टोली खालिहात फर्केको थियो । ओलीलाई देउवालगायतका नेताले अध्यादेशबाट देश चलाउन खोजेको, संविधानप्रति सरकार प्रतिवद्ध नरहेको र कोरोना नियन्त्रणमा सरकार गम्भीर नरहेको भन्दै ध्यानाकार्षण गराएका थिए ।
प्रधानमन्त्री ओलीले सत्ता जोगाउन जसपा अध्यक्ष महन्थ ठाकुर समुहलाई मनाइसकेको दाबी गरिएको छ भने पछिल्लो पटक देउवालाई पनि आफ्नो साथमा ल्याउने कोशिस स्वरुप बुढानिलकण्ठ पुगेका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया