काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले आज रेल्वे अध्यादेश जारी गरेकी छिन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार रेल्वे अध्यादेश, २०७८ जारी गरेकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति निकालेर राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा रेल्वे अध्यादेश जारी गरेको जानकारी दिएका छन् ।
रेल्वेसम्बन्धी विधेयक संघीय संसद्मा सरकारकै कारण अड्किएर बसिरहेका बेला त्यससम्बन्धी अध्यादेश आएको छ । २०७६ पुस १८ गते राष्ट्रिय सभामा दर्ता भएको रेल्वे विधेयक अझैसम्म पारित हुन सकेको छैन ।
सरकारले संसद् आह्वान नगरेकै कारण विधेयक अघि बढ्न सकेको छैन । प्रतिनिधिस सभा पुनर्स्थापना भएर केही दिन सदन चलेपनि सरकारले राष्टिय सभा बोलाएको थिएन । सरकारले हिजोदेखि भटाभट अध्यादेश ल्याइरहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया