श्रावण ७, २०८२ बुधबार July 23, 2025

विपन्न नागरिकको उपचार निःशुल्क गर्न काँग्रेस महामन्त्री खड्काको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले विपन्न नागरिकको सबै प्रकारको उपचार निःशुल्क गर्न कर्णाली प्रदेश सरकारसँग माग गरेका छन्।

कोभिड–१९ (कोरोना भाइरस) को महामारीमा नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने भन्दै उनले सरकारको जुनसुकै कोषमा रहेको रकम नागरिकको जीवन रक्षाका लागि खर्च गर्नुपर्ने बताएका हुन्।

‘कर्णाली प्रदेशका कोरोना प्रभावित जिल्लाका सबै स्थानमा तत्काल पीसीआर परीक्षणलाई अभियानका रुपमा तीव्रता दिई कन्ट्रयाक्ट ट्रेसिङलाई व्यापक बनाइयोस्,’ उनले भने, ‘अक्सिजन, भेन्टिलेटर र आवश्यक औषधिको अभाव हुन नदिन सबै प्रकार पहुँचको प्रयोग गरियोस्।’

प्रदेश  र जिल्ला अस्पतालहरुमा पर्याप्त बेडहरुको प्रबन्ध गर्न थप काम गर्नुपर्ने भन्दै उनले विपन्न नागरिकहरुको सबै प्रकारको उपचार प्रदेश सरकारले निःशुल्क व्यवस्था गर्नुपर्ने माग राखे। दिनरात नभनी बिरामीको जीवन रक्षा गर्न आफ्नो जीवनलाई खतरामा राखी अहोरात्र खटिरहेका चिकित्सक र स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्ने अन्य वातावरण निर्माणका साथै प्रदेश सरकारका तर्फबाट यथेष्ट अतिरिक्त आर्थिक सुविधा उपलब्ध तत्काल गराउनु पर्ने उनको भनाइ छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार