असार २२, २०८२ आइतबार July 6, 2025

भारतमा रहेका नेपालीहरू कोरोना संक्रमणको त्रासमा छन् । – नीलाम्बर आचार्य (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अहिलेकाे कोरोना महामारीमा भारतमा रहेका नेपालीको अवस्था के छ ?

राजधानी नयाँदिल्ली र अर्को शहर मुम्बईमा धेरै नेपाली कोरोना संक्रमित छन् । दूतावासले भारतको स्वास्थ्य क्षेत्र हेर्ने सम्बन्धित पक्षसँग तथ्यांकमा मागिरहेको छ ।

नेपाली दूतावासमा कोरोनाका कारण हालसम्म २५ जनाको निधन भएको तथ्यांक छ । तर, त्यो तथ्यांकभन्दा धेरै हुन सक्छ । हामीसँग भएको तथ्यांक अपूरो छ । त्यही भएर सबैतिरबाट तथ्यांक संकलन गर्ने काम भइरहेको छ ।

भारतमा ठूलो संख्या नेपालीहरू अध्ययन, रोजगारी र अन्य पेसा व्यवसाय गर्दै आएका छन् । प्रायः ठूला शहरमा  नेपाली छन् । जसका कारण यति नै कोरोना संक्रमित छन् भनेर तथ्यांक संकलन गर्न समस्या भइरहेको छ ।

भारतमा १५ लाखभन्दा धेरे नेपाली रहेको दूतावासको अनुमान छ । जसमा ५ लाखभन्दा धेरै अहिले स्वदेश गइसके । बाहिर हल्ला भएजस्तो ठूलो समस्या छैन । महामारीका बेला समस्या त हुन्छ तर दूतावासले सकेसम्म समाधानको प्रयास गरिरहेको छ ।

संक्रमित नेपालीलाई दूतावासले कसरी सहयोग गरिरहेको छ ? 

भारतमा रहेका नेपालीहरू कोरोना संक्रमणको त्रासमा छन् । कोरोना संक्रमण र त्रास भारतमा मात्र होइन, विश्वभर छ । यो अवस्थामा व्यक्ति स्वयं सुरक्षित बस्नुपर्छ ।

भारतमा रहेका नेपालीलाई कोरोनाबाट बच्न स्वास्थ्य मापदण्ड अपनाउन दूतावासले आग्रह गरिरहेको छ । भारतमा रोजगारी, अध्ययन र अन्य विभिन्न पेसा व्यवसाय गर्दै आएका केही नेपालीहरू संक्रमित पनि भएका छन् । उनीहरू भारतका विभिन्न अस्पतालमा उपचाररत छन् । भारतमा यति नै नेपाली कोरोना संक्रमित छन् भन्ने यकिन वितरण छैन ।

दूतावासले भारतमा रहेका नेपालीहरूको हटलाइन फोनबाट कोरोना संक्रमित र समस्याबारे विवरण लिने गरेको छ । भारतभर धेरै नेपाली कोरोना संक्रमित भइसकेका छन् । समस्या परेकालाई दूतावासले सहयोग गर्दै आएको छ ।

दूतावासले याे महामारीमा नेपाली नागरिकका लागि अविभावककाे भूमिका निर्वाह गरेन भन्ने आरोप छ  । के भन्नुहुन्छ ? 

कोरोना महामारी घर फर्किनु र फर्काउनु समस्याको समाधान होइन । यो बेला दिनहुँ महामारी फैलिँदै छ । घर फर्किँदा संक्रमण सर्ने र फैलिने जोखिम उति नै रहन्छ । यो विषयमा दूतावासले जानकारीसमेत गराउँदै आएको छ ।

सकभर घर नगइदिनुस् भनेर दूतावासले आग्रह गरिरहेको छ । घर फर्किँदा बाटोमै कोरोना सर्नसक्ने विषयमा दूतावासले सचेत समेत गराउँदै छ । नेपाल फर्किनेहरूको चाप अघिल्लो वर्षको जति नभए पनि कोभिडको खतरा अहिले बढिरहेको छ । जसका कारण केही दिन भारतमै बस्न दूतावासले आग्रह गरिरहेको हो । दूतावासले भारतमा रहेका नेपालीहरूको समस्यामा केन्द्रित भएर चौबिसै घण्टा काम गरिरहेको छ । समस्या सुनेर समाधानका लागि तत्काल प्रयास समेत गरिरहेको छ ।

अब तपाईं नै भन्नुहोस् दूतावासले कसरी अविभावकको भूमिका निर्वाह गर्न सकेको छैन ? भारतका धेरै शहरमा नेपाली छरिएर बसेका छन् । जसका कारण केही समस्या सम्बोधन गर्न ढिलाइ भएको होला । तर, दूतावासले भारतका सम्बद्ध पक्षलाई कोरोना महामारी भर समस्यामा परेका नेपालीलाई खान बस्नको व्यवस्था गर्नसमेत आग्रह गरिरहेको छ । जसका कारण समस्या समाधान हुँदै छ ।

अलपत्र परेका नेपालीहरू व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ? 

समस्यामा परेका नेपालीबारे दूतावासले तत्काल सम्बन्धित पक्षसँग छलफल गर्छ । भारतमा बस्न सक्ने अवस्था नभएकाहरूलाई विभिन्न संघसंस्थासँग मिलेर दूतावासले घर पठाइरहेकाे पनि छ ।

अघिल्लो सातासम्म दैनिक चार हजारभन्दा धेरै नेपाली स्वदेश फर्किएका थिए । हाल दैनिक तीन हजारभन्दा धेरै फर्किरहेका छन् । कोरोना महामारीमा घर फर्किनेका हकमा सीमानाका र यात्रामा समस्या भएको छैन ।

कोरोना संक्रमितले उपचार गर्न समस्या भएकाे बताइरहेका छन् । कसरी समन्वयन गर्नुभएकाे छ ? 

दूतावासले कोरोना संक्रमितलाई उपचारका लागि अस्पतालसँग समन्वयसमेत गरिरहेको छ । संक्रमितको अवस्था हेरेर भारतका सम्बन्धित पक्षसँग सहयोग मागेका छाैँ । उपचारका लागि आग्रह गरिरहेका छौँ ।

नेपालीसँग आधार कार्ड नभएका कारण उपचारमा केही समस्या भइरहेको छ । तर, उनीहरूसँग भएको परिचयपत्रका आधारमा उपचार गर्ने व्यवस्था दूतावासले मिलाउँदै छ ।

कोरोना पोजिटिभ देखिएका नेपालीलाई सामान्य अवस्था भए घरमै बसेर उपचार गर्न दूतावासले आग्रह गर्दै आएको छ भने जटिल बिरामीका हकमा अस्पतालसँग सहयोग मागेर उपचार गराउने काम भइरहेको छ ।  संक्रमतिलाई उपचारसँगै अस्पताल भर्नामा समस्या भए आवश्यक समन्वय गरेका छाैँ । शिलापत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार