काठमाण्डौंः प्रतिनिधि सभाको विशेष अधिवेशनका लागि संसद सचिवालयले गरेको कोरोना परिक्षणमा १६० जनाको कोरोना पोजेटिभ देखिएको छ ।
कोरोना संक्रमण देखिएका मध्ये १९ जना सांसद र १४१ जना संघीय संसद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, पत्रकारहरु रहेको संसद सचिवालयले जानकारी दिएको छ ।
बुधबार, बिहिबार र शुक्रबार गरि २ सय ५ जना सांसद र एक हजार तीस जना कर्मचारी र अन्यको पिसिआर परिक्षण गरिएकोमा १६० जनालाई पोजेटिभ देखिएको हो
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया