श्रावण ७, २०८२ बुधबार July 23, 2025

संवैधानिक परिषद्को बैठक स्थगन गर्न प्रचण्डको माग (विज्ञप्ती सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्को बैठक स्थगन गर्न आग्रह गरेका  छन् ।

अध्यक्ष प्रचण्डले आज एक प्रेस वक्तव्य जारी गर्दै प्रमुख प्रतिपक्षी दलका नेता तथा सभामखुसमेतले भाग नलिने जनाएकाले बैठक स्थगन गर्न आग्रह गरेका हुन् ।

अध्यक्ष दाहालले बैठक संवैधानिक संरचनाको गरिमामा चुनौती थप्ने मनसायका साथ हुन लागेको जनाउँदै सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यसँग अनुरोध गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले परिषद्को बैठकमा आफू उपस्थित हुन नसक्ने यसअघी नै बताईसकेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया