श्रावण ७, २०८२ बुधबार July 23, 2025

प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्ने काँग्रेस संसदिय दलको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलले प्रधानमन्त्री केपी ओलीको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ ।

शनिबार संघीय संसद् भवनको लोत्सेहलमा बसेको संसदीय दलको बैठकले आगामी सोमबार आह्वान गरिएको प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रस्तुत हुने प्रधानमन्त्री ओलीलाई विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गर्दै सांसदलाई ह्विप जारी गरेको हो ।

बैठकले मुलुकलाई असफलताबाट बचाउन प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्न संसद्का सबै राजनीतिक दलहरूलाई आग्रह पनि गरेको प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए । उनले भने ‘प्रधानमन्त्री ओलीमाथि विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न संसद्का सबै राजनीतिक दलहरूलाई हामी आग्रह गर्दछु ।’

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया