श्रावण ७, २०८२ बुधबार July 23, 2025

जनस्वास्थसँग खेलवाड गर्ने कमिशन खोरलाई तत्काल कार्वाही र खोपको सहज आपूर्ति गर्न राप्रपाको माग (विज्ञप्ती)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जनस्वास्थसँग खेलवाड गर्ने कमिशन खोरलाई तत्काल छानबिन र कारबाही गरी खोपको सहज आपूर्ति गर्न माग गरेको छ । राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर राणा, डा.प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुत्तः विज्ञप्ति जारी गर्दै खोपको सहज आपूर्ति गर्न माग गरेका हुन् ।

भारतको सिरम इन्स्टिच्यूटसँग खरिद भएको र खरिद गर्ने भनिएको कोभिशिल्ड खोप कमिशन चलखेलका कारण आयात रोकिनुले आश्चर्यचकित भएको विज्ञप्तिमा उल्लेख छ ।

देश नै अप्ठेरोमा परेको बेला हेलिकप्टर कम्पनीहरूले भाडामा व्यापक वृद्धि गरिनु, अत्यावश्यक औषधि, अक्सिजन लगायतका वस्तुको कालाबजारी हुनु अकल्पनीय र नेपालीको मौलिक चरित्र विपरीतका गतिविधि भएको उनीहरूले बताएका छन् । यस्ता कार्यको प्रभावकारी अनुगमन गरि दोषीमाथि कारबाही गर्न राप्रपाले सरकारसँग माग गरेको छ ।

संक्रमण हुनबाट जोगिन भौतिक दूरी कायम, मास्कको अनिवार्य प्रयोग जस्ता स्वास्थ्य मापदण्ड पालना गर्न राप्रपाले  अपिल पनि गरेको छ ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया