श्रावण ७, २०८२ बुधबार July 23, 2025

खनाल नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहको आज स्थायी कमिटी बैठक बस्दै छ । खनाल-नेपाल समुहका सांसदहरुले राजीनामा दिनेबारे थप छलफल गर्न बैठक बस्ने लागेको हो ।

शनिबार ओली पक्ष र माधव पक्षका दोस्रो वरियताका नेताहरुबीच वालुवाटारमा दिनभर छलफल भएको थियो । वार्तामा सहभागी नेताहरुका अनुसार पार्टी एकता जोगाउनुपर्छ भन्नेमा दुवै पक्ष सहमत छ । तर माधव नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउन गरेको मागप्रति ओली सहमत छैनन् ।

जसका कारण बदला स्वरुप माधवपक्षका ३५ प्रतिनिधिसभा र ७ राष्ट्रियसभाका सदस्य गरी ४२ सांसदले सामुहिक राजीनामा दिने तयारी गरेका छन् । बैठकको समय भने निश्चित भएको छैन । एमाले उपाध्यक्ष युवराज ज्ञवालीले भर्चुअल माध्यमबाट भए पनि बैठक बस्ने बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया