श्रावण ७, २०८२ बुधबार July 23, 2025

सामूहिक राजीनामा अपराध हो, यसमा सहभागी नहुनु – ओली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामूहिक राजीनामा दिनु अपराध हुने भन्दै यस्ता काममा सहभागी नहुन पार्टीका सांसदहरुलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आइतबार विज्ञप्ति जारी गर्दै उनले फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने जस्ता हानिकारक प्रयास भएको भन्दै त्यस्तो कार्यलाई अपराध भनेका छन् ।

प्रतिनिधिसभाको विशेष अधिवेशनलाई लक्षित गर्दै जारी गरिएको विज्ञप्तीमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात नगर्ने बताएका छन् । ‘म यो कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छु । तसर्थ पार्टीलाई मजबुत पार्दै अघि बढ्ने महान कार्यमा सरिक हुन म सबैलाई आग्रह गर्दछु’ उनले भनेका छन् ।

विज्ञप्तिको पूर्णपाठः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया