श्रावण ७, २०८२ बुधबार July 23, 2025

ओलीले राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गर्ने मा‌ओवादी संसदिय दलको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

सोमबार बिहान संसदिय दलका नेता पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबार स्थित माओवादी संसदिय दलको कार्यालयमा ४५ मिनेट मात्र बसेको बैठकले विश्वासको मत माग्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मत हाल्ने निर्णय गरेको हो ।

यस्तै प्रधानमन्त्रीले राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी पनि रहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

नयाँ सरकार बनाउन कांग्रेस प्रतिवद्ध रहेको भन्दै प्रधानमन्त्रीको राजीनामा नआए अविश्वासको प्रस्ताव दर्ता गर्ने माओवादी केन्द्रका एक सदस्यले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया