असार २२, २०८२ आइतबार July 6, 2025

तीन हप्ता कष्टपूर्ण छ, त्यसपछि सङ्क्रमणको ‘चेन’ तोडिन्छ – डा. रविन्द्र पाण्डे (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अहिलेको यो कोरोना अवस्था कहिलेसम्म रहन सक्छ ?

हामीले जनस्वास्वास्थ्यका मापदण्ड पालना ग¥यौं भने र तीन हप्ता हामी घरभित्रै बस्यौँ भने तेस्रो हप्ताबाट मात्र यसको चेन तोडिन्छ । अहिलेको यो अवस्था घट्दै जान्छ । यो तीन हप्ता चाहिँ हाम्रो लागि एकदमै कष्टपूर्ण छ । यो तीन हप्ता सबै नागरिकले दुःख कष्ट गरेर, मिठो मसिनो खाएर भए पनि घरभित्रै बस्ने, केटाकेटीलाई पनि घरभित्रै बस्न आग्रह गर्नुपर्छ । घर बाहिर निस्कनैपर्ने भए डबल मास्क लगाउने, सेनिटाईजर पटक पटक प्रयोग गर्ने, ६ फिट दुरी कायम गरेर मात्र हिंड्ने गर्नुपर्छ । भेटघाट, बैठक पनि सकभर नगर्ने र  गर्नैपर्ने भए झ्याल ढोका खोलेर गर्नुपर्छ यसो गर्दा भेन्टिलेसन प्रयाप्त मात्रामा भयो भने सर्ने सम्भावना कम हुन्छ । बिहे, ब्रतबन्ध, जात्राजस्ता हाम्रा साँस्कृतिक पर्वलाई अहिले स्थगित नै गर्नुपर्ने हुन्छ । किनभने जीवनको तुलनामा यी गौण हुन । सङ्क्रमण नै नभएका मानिसहरु पनि डरमा रहनुभएको छ । त्यसैले आत्मबल नै हाम्रो ठूलो हतियार भएकाले आत्मबल बलियो बनाउनु र्छ । हामीले तीन हप्ता आफ्नो आत्मबल बलियो पारी आफूलाई होम आईसोलेसनमा राख्न सक्यौं भने यसको सङ्क्रमण घट्दै जान्छ ।

स्वास्थ्य सङ्कटकाल लागु हुनुपर्छ भन्ने आवाज उठेको छ । के साँच्चिकै यो आवश्यक हो ?

हो, स्वास्थ्य सङ्कटकाल लागु गर्नुपर्ने अवस्था देखिएको छ । किनभने स्वास्थ्य सङ्कटकाल लगाउने बित्तिकै सरकारले निजी अस्पतालमा भएको वेडहरु, त्यहाँको जनशक्तिलाई आफ्नो नियन्त्रणमा राख्न सक्छ । कति अस्पतालमा शैया हुँदाहुँदै पनि लुकाउने अवस्था देखिएको छ । त्यो खालको समस्या अन्त्यका लागि पनि स्वास्थ्य सङ्कटकाल लगाउँदा उपयोगी हुन्छ ।

पहिलो लहरको कोभिड १९ भन्दा दोस्रो लहरको कोभिड १९ कतिको सङ्क्रामक छ ?

गत साल हामीमा डर धेरै तर भाईरस कमजोर थियो । पोहोरसाल बेडको हाहाकार अक्सिजनको हाहाकार थिएन । योबाट पनि थाहा हुन्छ कि भाइरस कमजोर थियो । अहिलेको भाईरस पहिलेभन्दा दुई गुणा घातक देखिएको छ । गत वर्ष मृत्युदर ०.६ प्रतिशत थियो भने अहिले १ प्रतिशत पुगेको छ । यसबाट के पुष्टि हुन्छ भने यो बढी सङ्क्रामक पनि छ र जोखिमयुक्त पनि । भारतमा पनि मृत्युदर पहिलेभन्दा वढी नै छ ।

कोरोनाविरुद्ध दोस्रो डोज खोप लगाीइसकेकालाई कत्तिको जोखिम छ ?

हामीलाई के भ्रम छ भने कोरोना भाइरसविरुद्ध दोस्रो डोज खोप लगाइपछि कोरोना नै सर्दैन, त्यो चाहिँ गलत हो । दुई डोज खोप लगाएपछि पनि जनस्वाथ्यका मापदण्ड पालना गरिएन भने सङ्क्रमण हुनसक्छ । हामीले अरुलाई पनि सङ्क्रमण सार्न सक्छौँ । भ्याक्सिन नलगाएको व्यक्ति छ भने ऊ चाहिँ गम्भीर बन्न सक्छ । तर यत्ति हो कि दुई डोज खोप लगाएको व्यक्ति गम्भीर हुने वा मृत्यु हुने सम्भावना एकदमै न्यून हुन्छ । खोप लगाएको मान्छे निकै सुरक्षित हुन्छ । नेपालमा पनि दुई डोज खोप लगाएको व्यक्ति गम्भीर वा मृत्युकै मुखमा पुगेको अवस्था देखिएको छैन ।

कोभिडविरुद्ध सरकारले गरेका प्रयासहरु कतिको प्रभावकारी छ ?

हाम्रोजस्तो स्रोतसाधन कम भएको देशमा जति पनि सरकारको तर्फबाट कामहरु भएका छन् त्यो ठिकै मान्नुपर्छ । सरकारले जति काम गरेको छ त्यसको प्रशंसा गर्नुपर्छ । तर अझ धेरै काम गर्न बाँकी छ । जस्तै कन्ट्रयाक्ट ट्रेसिङको कामहरु प्रभावकारी भएको छैन । समुदायमा परीक्षणको मात्रा बढाउनुपर्ने हो त्यसो हुन सकिरहेको छैन । खोपहरुको पहलमा पनि बिशेष ध्यान दिनुपर्छ । नागरीक सचेतना मुख्य कुरा हो । त्यसैले सरकार र जनता एकजुट हुन आवश्यक छ । सरकार र नागरिक एकजुट नभई हुदैन ।

महामारी नियन्त्रणमा चिकित्सक, अस्पताल र बिरामी स्वयम्को भूमिका कस्तो हुनुपर्छ ?

यस्तो बेलामा चिकित्सकरुले रातदिन नभनी काममा खटिरहनु भएको छ । यो प्रशंसनीय छ । चिकित्सकहरुले जति गर्नुभएको छ त्यो निकै महत्वपूर्ण छ । सेन्ट्रल कमाण्ड सिस्टम बनाएर जिल्लामा प्रोटोकलहरु समान गर्ने, भिडियो कन्फरेन्सबाट पनि जोडने हो भने उनिहरुको मनोवल बढ्छ र सेवा पनि गुणस्तरीय हुन्छ ।

अस्पतालहरुले शैया अभाव भयो भन्दै बिरामी फर्काउने, भर्ना नलिने गरेको देखियो त्यसो गर्नु हुदैन । किनभने अरबौँ लगानी गरेर अस्पताल निर्माण गरेका छन् । एक, डेढ लाख खर्च गरेर अक्सिजन प्लाण्ट लगाउने, अक्सिजन हाउस बनाउने, आईसियुको क्यापासिटि बढाउने, आफ्ना स्टाफहरुलाई आईसियु र भेन्टिलेटर अपरेट गर्न तालिम दिने यी कामहरु गर्न सकिन्छ । आफ्नोमा आएको बिरामीलाई गर्न सकेजति गर्ने र पठाउनै पर्ने भए कुनै अस्पतालसँग समन्वय गरेर रिफर गरिदिनुपर्छ । त्यो भयो भने बिरामिलाई चारैतिर भैतारीनु पर्दैन । यो बेलामा अस्पतालको काँधमा ठूलो जिम्मेवारी छ । अहिले अस्पतालहरु नाफामुखी भन्दा पनि सेवामुखी हुनु जरुरी छ । अस्पताल भनेको मन्दिर हो, मन्दिर पवित्र र सबैका लागि समान हुनुपर्छ ।

बिरामीले पनि ज्वरो आउने, खोकी लाग्ने, जिउ दुख्ने, आँखा रातो हुने, झाडापखाला लाग्ने, शरीरमा बिमिराहरु देखापर्ने बित्तिकै पिसिआर जाँच गराउनुपर्छ । किनभने रोगको पहिचान नै आधा उपचार हो । होम आइसोलेशनको पनि आफ्नै गाइडलाइन छ । अक्सिजनको मात्रा ९२ भन्दा तल घट्यो भने नजिकैको फिभर क्लिनिकमा जाने । सामान्य ज्वरो छ भने औषधि लिएर घरमै बस्दा हुन्छ । बढि छ भने अस्पताल नै जानुपर्छ वा डक्टरलाई सम्पर्क गर्ने र सल्लाहअनुसार गर्नुपर्छ । होम आइशोलेसनमा बस्दा सामाजिक सञ्जालमा आउने नकारात्मक समाचारबाट टाढा रहनुपर्छ । त्यसले तनाव कम हुन्छ । रोग जित्ने प्रमुख कुरा आत्मबल नै हो । आत्मबल बलियो राख्नुपर्छ । गोरखापत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार