काठमाण्डौंः सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता शुरू भएको छ ।
काठमाण्डौंको बूढानिलण्ठस्थित अन्नपूर्ण पत्रिकाका मालिक क्याप्टेन रामेश्वर थापाको घरमा उनीहरूबीच सवा दुईबजेदेखी वार्ता शुरु भएको हो ।
चार नेतामाथिको कारवाही फिर्तासँगै एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालसँग भेटेर पार्टी एकताको लागि थप पहल थालेका हुन् । बरिष्ट नेता माधव कुमार नेपाल प्रधानमन्त्री निवाश बालुवाटार जान नमानेपछि नेताद्वयबीच वार्ताको लागि छुट्टै स्थान तय गरिएको हो ।
माधव पक्षसहितको स्थायी कमिटी बैठक पनि बोलाउने तयारी भइरहेको बताइएको छ । स्थायी कमिटीले पार्टी र सरकारको सन्दर्भमा निर्णय गर्ने अधिकार ओलीलाई दिएको छ ।
यसअघि वैशाख ८ र ९ मा दुई नेताबीच मेरियट होटलमा भेटवार्ता भएको थियो । तर, निष्कर्ष भने केही निस्किएको थिएन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया