काठमाण्डौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त भएका छन् ।
राष्ट्रपति विद्या देवी भण्डारीले प्रतिनिधिसभामा सबैभन्दा ठूलो पार्टीको संसदीय दलका नेता ओलीलाई बिहीबार राती संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् । सपथ भाेलि शुक्रबार हुने छ।
बहुमतीय सरकार गठनका लागि राष्ट्रपति विद्या भण्डारीले दिएको समयसीमा बिहीबार राति ९ बजे सकिएसंगै ओली प्रधानमन्त्री नियुक्तीको बाटो खुलेको हो । यस अघि संसदमा ओलीले सोमबार विश्वासमा मत लिन नसकेपछि भण्डारीले बहुमतको सरकारको दावी गर्न बिहिबार राति ९ बजेसम्मको समय दिएकी थिइन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया