असार २२, २०८२ आइतबार July 6, 2025

राष्ट्रियसभा सदस्य उपनिर्वाचन आचारसंहिता लागु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः वाग्मती प्रदेशमा आगामी जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा गर्न व्यक्ति, निकाय तथा अधिकारीलाई बुधबारदेखि नै निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आचारसंहिता लागू गरिएको छ ।

सङ्घीय सरकार र मन्त्री, प्रदेश सरकार र स्थानीय तह, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय र कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय कर्मचारीलाई आचारसंहिता लागू हुने छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरीका कार्यालय र सुरक्षाकर्मी, निर्वाचनका काममा संलग्न कर्मचारी, राजनीतिक दल, दलका भ्रातृ संगठन र उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारण गरेको व्यक्ति र निर्वाचन पर्यवेक्षकलाई पनि आचारसंहिता लागू हुने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यम, निजी तथा गैरसरकारी संस्था, सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले पनि आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने छ ।आचारसंहिताको पूर्ण पालना गरी स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न गर्न सहयोगका लागि आयोगले सबैसँग अनुरोध गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली
२०८२ असार २२, आइतबार
पोखरामा डेङ्गु रोकथामका लागि यस्तो छ तयारी
२०८२ असार २२, आइतबार
टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी
२०८२ असार २२, आइतबार
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा कुर्सी जडान सुरु
२०८२ असार २२, आइतबार
गाउँगाउँमा ताजिया खेलेर मोहर्रम मनाइँदै
२०८२ असार २२, आइतबार