असार २९, २०८२ आइतबार July 13, 2025

प्रधानमन्त्री ओलीद्धारा पुरानै मन्त्रि राखेर मन्त्रिपरिषद् विस्तार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । यस अघि ओलीको मन्त्रिमण्डलमा रहेका सबै मन्त्रीहरु दोहोरिएका हुन् ।  प्रधानमन्त्री नियुक्त भएका केपी शर्मा ओलीले आज शुक्रबार पद तथा गोपनियताको सपथ लिएसँगै शितलनिवाशमा बिशेष समारोहकै बिच मन्त्रीपरिषद् विस्तार गरेका हुन् ।

प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतका बिशिष्ट ब्यक्तिहरुको सहभागीता रहेको थियो ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताको रूपमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । विपक्षीले बहुमतको सरकार बनाउन नसकेपछि ओली संसदको ठूलो दलको संसदीय दलको नेताको हैसियतले तेस्रोपटक प्रधानमन्त्री बनेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया