श्रावण ५, २०८२ सोमबार July 21, 2025

टेकोका भरमा महोत्तरीको बाबा जलेश्वरनाथ मन्दिर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: शिव पुराणमा उल्लेख भएअनुसार स्वयं रुद्रद्वारा निर्मित महोत्तरीको बाबा जलेश्वरनाथ मन्दिर विगत दुई वर्षदेखि टेकोका भरमा टिकेको छ ।

जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित पौराणिक एवं ऐतिहासिक सो बाबा मन्दिरमा पछिबाट निर्माण गरिएको बाहिरी विशाल मन्दिर बाबाको शिवलिङ्गको ठिक्क माथि भित्रपट्टिबाट झुकेको र कुनै पनि बेला ढल्न सक्ने अवस्थामा पुगेको जलेश्वरनाथ महादेव मन्दिर समितिका अध्यक्ष अमरदीप साहले बताए ।

उनले दुई वर्षपहिले २०७५ सालमा अचानक एक दिन बाबा मन्दिरको भित्रीभाग झुकेको देख्दा आफूले दुई फलामको टेको लगाइदिएको र सो मन्दिर अहिलेसम्म सोही टेकोका भरमा रहेको देखाउँदै बाबा मन्दिरको जीर्ण अवस्थालाई दर्शाए ।

उनले आफूले यसबारे जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्रलाई जानकारी गराउनाका साथै पटकपटक बोलाएर अवलोकनसमेत गराइदिएको बताए ।

यसका अलावा मन्दिर व्यवस्थापन समिति र नगरपालिकाको आग्रहमा विगत दुई वर्षमा पुरातत्व विभागबाट पनि चारपटक विज्ञ आएर मन्दिरको अवस्था हेरेर गएको भए पनि बाबा मन्दिरको जीर्णोद्धार तथा मर्मतसम्भारका लागि कतैबाट कुनै सहयोग नआएको अध्यक्ष साहले दुःखेसो पोखे ।

जलेश्वरनाथको गुफासहितको भित्री मन्दिर कहिले र कसले बनाएका बारेमा कुनै तथ्य प्रमाण छैन भने बाहिरी विशाल विसं १९९५ मा बडाहाकिम रामशमशेरले जलेश्वरनाथ महादेवको भित्री गुफासहितको मन्दिरको माथि पुनः आकर्षक र ठूल्ठूला बुर्जासहितको अद्वितीय मन्दिर निर्माण गरेको मन्दिरका पुजारी उपेन्द्र पाठकले बताए । सो महामन्दिर निर्माण गर्न त्यस बेलाको रु २५ हजार खर्च भएको थियो ।

महामन्दिर निर्माण गर्न सख्खर, उरिद, चुन, सुरखी, कत्थालगायत वस्तुको प्रयोग गरिएको थियो । मन्दिरको आफ्नो आम्दानीको कुनै पनि स्रोत नरहेको हुँदा जीर्ण तथा ढल्ने अवस्थामा पुगेको ऐतिहासिक बाबा जलेश्वर मन्दिरको तत्काल जीर्णोद्धार र मर्मतसम्भार गरी संरक्षण, संवद्र्धन, व्यवस्थापनका लागि पनि यथोचित व्यवस्था गर्न-गराउन सम्बन्धित सबै सरोकारवालासँग मन्दिर परिवारका साथै बाबाप्रति आस्था राख्ने सबैले जोडदार माग गरेका छन् ।-रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैंकद्वारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी
२०८२ श्रावण ५, सोमबार
आज कति छ डलरको रेट ? राष्ट्र बैंकले तोक्यो नयाँ विनिमय दर
२०८२ श्रावण ५, सोमबार
साफ यू-२० च्याम्पियनसिपको उपाधि लागि नेपाल आज बंगलादेशसँग निर्णायक भिडन्तमा
२०८२ श्रावण ५, सोमबार
एमालेमा भण्डारी गुटको छुट्टै भेला : आन्तरिक तयारीमा संस्थापन
२०८२ श्रावण ५, सोमबार
श्रावणको पहिलो सोमबार शिवको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल
२०८२ श्रावण ५, सोमबार
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार