असार २४, २०८२ मंगलबार July 8, 2025

शिक्षक र विद्यालय कर्मचारीको तलव बढाउन माग गर्दै शिक्षक महासंघद्धारा आन्दोलनको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल शिक्षक महासङ्घले विभिन्न माग राख्दै सरकारलाई दबाब दिन भन्दै भन्दै दोस्रो चरणको विरोधको कार्यक्रम घोषणा गरेको छ ।

न्यूनतम वेतन काम गरेका बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको समयोचित तलब वृद्धि गर्ने ,स्थायी ,राहत साविक उच्च मावि ,अस्थायी करार,प्राविधिक धार लगायतका सबै शिक्षक र विद्यालय कर्मचारीका न्यायोचित माग पुरा गर्न दबाबका लागि बिरोध पत्र बुझाउने निर्णय गरेको छ ।

साथै सबै शिक्षक कर्मचारीलाई अबिलम्ब कोभिड विरुद्धको खोप लगाउने तथा कोभिड संक्रमित शिक्षक कर्मचारीको लागि विमा र निशुल्क उपाचारको व्यवस्था गर्न माग राखेको छ ।
त्यसैगरी हाल संस्थागत विद्यालयमा भएको शिक्षक कर्मचारी निष्कासनलाई रोक्ने लगायतका माग पुरा गर्नका लागि नेपाल शिक्षक महासङ्घल आन्दोलन गर्दे आइरहेको छ ।

यी हुन् नेपाल शिक्षक महासङ्घद्धारा घोषित विरोधका कार्यक्रमहरुः

१. वि.सं.२०७८ जेष्ठ ५ गतेः

नेपाल शिक्षक महासङ्घले अघि सारेका माग तथा समसामयिक विषयमा सम्माननीय प्रधानमन्त्री, सम्माननीयसभामुख , माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री र माननीय अर्थमन्त्रीको ध्यानाकर्षणका लागि खुला पत्र पठाउने-बुझाउने । सो खुलापत्र हरेक शिक्षक–कर्मचारीले आफ्नो फेसबुक वालमा शेयर गर्ने ।

२.२०७८ जेष्ठ ७ गते :
हरेक शिक्षक तथा कर्मचारीले शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री र अर्थमन्त्रीको मोबाइल नम्बरमा निम्न २ वटा नारा भएको टेक्स्ट मेसेज पठाउने ।

 शिक्षक तथा विद्यालय कर्मचारीलाई अविलम्व कोभिड विरुद्घको खोप दिइयोस् ।

 बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको तलव बृद्घि गरियोस् ।

३.वि.सं.२०७८ जेष्ठ ९ गते :
संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक पार्टीका संसदीय दलका सचेतक तथा महासङ्घ बीच महासङ्घबाट पेश भएका माग र समसामयिक विषयमाअनलाइन अन्तरक्रिया तथा छलफल गर्ने ।

४.वि.सं. २०७८ जेष्ठ ११ गते :
हरेक शिक्षक तथा कर्मचारीले केन्द्रबाट बनाएको कालो स्टिकरमा राखिएका ६ वटा हाइलाइटेड माग लेखी छातिमा टाँस्ने र टाउकोमा कालो पट्टी समेत बाँधेर फोटो खिच्ने । उक्त फोटो आफ्नो फेसबुक वालमा पोस्ट गर्ने ।

५.वि.सं.२०७८ जेष्ठ १३ गते :
हरेक शिक्षक तथा कर्मचारीले नेपाल शिक्षक महासङ्घले माननीय शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री समक्ष पेश गरेको विरोधपत्र, मागपत्र र सम्भmौतापत्रका छायाँप्रतिआफू रहेको निवार्चन क्षेत्र भित्रका सङ्घीय तथा प्रदेश सभाका माननीय साँसदहरुको इमेल तथा फेसबुकको म्यासेज बक्समा पठाउने ।

६. २०७८ जेष्ठ १८ गते : तेस्रो चरणको कार्यक्रम सार्वजनिक गरिने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार