असार २२, २०८२ आइतबार July 6, 2025

प्रि-बजेटमाथि छलफल नहुने : संसद् सचिवालय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः सङ्घीय संसद् सचिवालयले अब प्रि-बजेटमाथि छलफल चलाउन नसकिने बताएको छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गतेभित्रमा बजेट ल्याइसक्नुपर्ने र अब समय घर्किसकेकाले प्रि-बजेटमाथि छलफल चलाउन नसकिने संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।

प्रवक्ता पाण्डेले नीति तथा कार्यक्रम र बजेटका कुरामा दलीय सहमति गरी छलफल छोटो बनाएर काम गर्न सकिने बताए । बजेट अधिवेशन सञ्चालनका लागि सबै तयारी पूरा भएको संसद् सचिवालयले जनाएको छ । तर अहिलेसम्म सरकारले बजेट अधिवेशन आह्वान गरेको छैन ।

प्रवक्ता पाण्डेले कोरोना सङ्क्रमण महामारी तीव्र रूपमा बढ्दै गएकाले भर्चुअल बैठक सञ्चालन गर्नुपरेमा पनि त्यस किसिमको प्राविधिक तयारी सचिवालयले गरेको बताए । तर भर्चुअल बैठकका लागि कानुनी संरचनाले वाधा पुर्‍याउने उनले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया