असार २४, २०८२ मंगलबार July 8, 2025

कोभिड संक्रमणबाट मृत्यु हुने शिक्षकको संख्या बढेको बढ्यै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः तिन दिनको मात्र रेकर्डलाई हेर्ने हो भने लगभग २० जना भन्दा बढी शिक्षकले कोरोना संक्रमणका कारण ज्यान गुुमाई सकेका छन । कोभिड-१९ का कारण सबैभन्दा बढी शिक्षकहरु प्रभावित भएका छन भने मृत्यु संख्या पनि उत्तिकै छ ।

अरु देशले शिक्षक र डक्टरलाई बचाउनु पर्छ भन्दै खोपको प्राथमिक्तामा राख्दै गर्दा हम्रो देशका शिक्षकहरु हामिलाई खोप लगाइदेउ भन्दै सरकार विरुद्ध आन्दोलन गरिरहेका छन् । समयमै खोप उपलब्ध नगराउँदा कोभिडको दोस्रो लहरमा अरु क्षेत्रको भन्दा शिक्षा क्षेत्रमा सबैभन्दा बढी क्षति भएको छ ।

यतिनै संख्यामा शिक्षकको मृत्यु भयो भन्ने रेकर्ड अहिले सरकारसंग पनि छैन । न अबका दिनमा कसरी अगाडी बढ्नु पर्छ भन्ने कुनै ठोस योजना छ । विभिन्न घटकहरुसंग भएको तथ्यङकका आधारमा अहिले सम्म करीब एक सयको हाराहारीमा शिक्षकको मृत्यु भइसकेको छ । अहिले सम्म राष्ट्रले धेरै असल शिक्षकहरु गुमाइसकेको छ ।

कोरोनाको पहिलो लहर कम हुनासाथ सरकारले बन्द रहेका विद्यालय संचालन गर्ने निर्णय गरेपछि शिक्षकहरु आ-आफ्नो विद्यालय क्षेत्रमा जाने क्रममा अझ बढी कोभिडबाट प्रभावित भए । शिक्षकसँगै विद्यार्थी पनि यसबाट उत्तिकै जोखिममा परे फलस्वरुप धेरै बालबालिकामा समेत कोरोना संक्रमण देखिन थाल्यो ।

कोरोना भाइरसको दोस्रो लहरको संक्रमण बढ्दै गएको र नियन्त्रण बाहिर जाने लागेको भन्दै बैशाख १३ गते देशभरका सबै विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरे पनि धेरै स्थानिय तहहरुले सरकारको निर्देशन विपरीत विद्यालय संचालन गरिरहे ।

पठनपाठन भौतिकरुपमा बन्द भएपनि अधिकांश स्थानीय तहहरुले शिक्षकलाई अनिवार्य रुपमा विद्यालय उपस्थित हुन निर्देशन दिनुले पनि शिक्षक जोखिममा रहेको देखिन्छ । एउटै विद्यालयमा धेरै संख्यामा शिक्षक कर्मचारी हुने र सबै उपस्थित हुदा स्वास्थ्य मापदण्डको पालना गर्न कठिन हुने शिक्षकहरुको भनाई छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट प्राप्त सूचना अनुसार खोप लगाउनका लागि शिक्षकको विवरण संकलन गरिए पनि अहिले सम्म सरकारले खोप उपलब्ध गराउन नसकेको र विचमा विद्यालय खोल्ने सरकारको निर्णयले धेरै शिक्षक विद्यार्थीमा संक्रमण बढेको जनाएको छ । “हामिले शिक्षकलाई भुक्तानि दिनु पर्छ भनेर कुरा पनि राखेउ ,खोपका लागि विवरण संकलन गरेर पनि पठायौँ तर मन्त्रलयले कुनै निर्णय गर्न सकेन ।”स्रोतले भन्यो ।

स्थायी शिक्षक हकहित मञ्चका केन्द्रिय संयोजक रमेशबाबु भट्टराईले शिक्षकलाई समयमा कोरोना विरुद्धको खोप दिन नसक्नु लज्जाको विषय बनेको बताउनु भयो । अन्य व्यात्तिलाई भन्दा विद्यालय जाने शिक्षकहरुलाई प्राथमिकतामा राखेर खोप दिनु पर्नेमा त्यसो नगरेका कारण शिक्षा क्षेत्रमा ठुलो क्षति भएको बताउनु भयो ।

शिक्षा तथा मानव स्रोत विकास केद्रका उपमहानिर्देशक केशव दाहालले सबै शिक्षा विकास तथा समन्वय इकाईका प्रमुखलाई मृतक शिक्षकको विवरण पठाउन भनिएको र एक दुई दिनमा कोरोनाका कारण मृत्यु हुने शिक्षकको संख्या एकिन हुने बताउनु भयो ।

अक्सिजन र भेन्टिलेटरको अभावमा शिक्षकहरुको मृत्यु भइरहेको बेला नेपाल शिक्षक महासङ्घ लगायतका घटकहरुले शिक्षकहरुका लागि राज्यसँग समन्वय गर्न नसक्दा शिक्षकलाई वेवास्ता गरेको शिक्षकहरुको आक्रोस छ ।

कोभिड–१९ विरुद्धको खोप तथा भ्याक्सिनका लागि शिक्षकहरुलाई पनि विशेष प्राथमिकतामा राख्नुपर्ने भन्दै नेपाल शिक्षक महासङ्घ, नेपाल अभिभावक सङ्घ, प्याब्सन, तथा एन प्याब्सनलगायत विभिन्न संघ–संस्थाले पटक–पटक सरकार समक्ष माग राख्दै आईरहेता पनि शिक्षकहरुलाई अहिले सम्म भ्याक्सिनको खोपको व्यवस्था गरेको छैन । खबर एजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया