श्रावण ६, २०८२ मंगलबार July 22, 2025

ओलीलाई झट्का : आफ्नै नेतृत्वमा सरकार बने मात्र सरकारमा जाने, नत्र प्रतिपक्षमा बस्ने महन्त-उपेन्द्रबीच सहमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जनता समाजवादी पार्टी(जसपा) आफ्नो नेतृत्वको सरकार बनेमात्र सरकार गठनका लागि अघि बढ्ने सहमति भएको छ । पार्टीका अध्यक्षद्वय महन्त ठाकुर र उपेन्द्र यादवले मंगलबार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै तत्काल सरकारमा नजाने पनि स्पष्ट पारेको छ।

पार्टीले नेपाल सरकारमा सहभागी नभई प्रतिपक्षीमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहने पनि जनाएको छ। ‘पार्टी सरकारमा सहभागी हुने र नहुने सम्बन्धमा व्यापक तर्क–वितर्क एवम् अड्कलबाजीहरु भइरहेका छन्। तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुने छैन।

जनता समाजवादी पार्टी, नेपाल सरकारमा सहभागी नभई प्रतिपक्षीमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहने छ। तर राष्ट्रिय सहमति वा आफ्नै नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ।’ विज्ञप्तिमा भनिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार