असार २४, २०८२ मंगलबार July 8, 2025

कोरोना कहरः सबै विद्यालयहरुमा वार्षिक परीक्षा नहुने (विज्ञप्ती सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पोखरा महानगरपालिका भित्रका विद्यालयहरुमा वार्षिक परीक्षा नहुने भएको छ । महानगर शिक्षा महाशाखाले मंगलबार एक सूचना जारी गरी परीक्षा नहुने जानकारी गराएको हो ।

कोरोना महामारीका कारण भौतिक रुपमा परीक्षा सञ्चालन गर्न सम्भव नदेखिएकाले यसअघि भएका त्रैमासिक, अर्धवार्षिक तथा आन्तरिक मूल्यांकनका आधारमा परीक्षाफल प्रकाशन गर्न महाशाखाले निर्देशन जारी गरेको छ ।

शिक्षा महाशाखा प्रमुख हेमप्रकाश आचार्यद्वारा हस्ताक्षरित सूचनामा नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्नासमेत असार १ गतेबाट सुरु गर्न भनिएको छ । तर, कक्षा ८ को हकमा भने नगरस्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको निर्णय अनुसार अर्को सूचना प्रकाशन गरिने शिक्षा महाशाखा प्रमुख आचार्यले जनाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया