श्रावण ६, २०८२ मंगलबार July 22, 2025

प्रधानमन्त्रीले विश्वासको मत नलिई आगामी बजेट ल्याउन उचित हुँदैन : डा. महत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली काँग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका छन्। महतले सरकारले विश्वासको मत प्राप्त गरी नसकेकाले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका हुन्।

उनले भने, ‘ फुल फेज वार्षिक बजेटको लागि विश्वासको मत प्राप्त गरेको सरकारले ल्याउनुपर्छ। वर्तमान सरकार नै अनिश्चित छ। ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नु वर्तमान सरकारलाई बाध्यता छ। चाँडै नै यसले विश्वासको मत प्राप्त गरेर फुल फेज बजेटको घोषणा गर्नु उचित हुन्थ्यो।’

महतले वार्षिक बजेट ल्याउनको लागि सरकारले विश्वासको मत प्राप्त गरेको हुनुपर्ने बताए। उनले भने, ‘विश्वासको मत नलिईकन आगामी आर्थिक वर्षको लागि पूर्ण बजेट ल्याउनु मेरो बिचारमा उचित हुँदैन।’ विश्वासको मत प्राप्त नगरी बजेट ल्याउनुपर्ने अवस्थामा काम चलाउ बजेट ल्याउनुपर्ने उनको राय छ।

बजेट विधिपूर्वक ल्याउनुपर्ने र बजेटअघिको प्री-बजेट छलफल पनि जरुरी रहेको उनले उल्लेख गरे। महतले भने, ‘विधिपूर्वक प्री-बजेटको बारेमा छलफल हुनु जरुरी छ। संसद्मा राष्ट्रपतिको नीति, कार्यक्रम भाषण हुनुपर्छ। त्यसको आधारमा संसद्मा पेस गरेर छलफल गरेपछि निर्णय गर्ने हो। त्यस्तो अवस्था अहिले छैन। त्यस कारण विश्वासको मत प्राप्त गरेर नै घोषणा गरेको भए उचित हुन्थ्यो।’

उनले अगाडि थपे, ‘विश्वासको मत नलिईकन बजेट पेस गर्नुपर्ने अवस्था आयो भने आन्तरिक बजेट/काम चालउ बजेट पेस गर्ने। राजश्व सम्बन्धी, करका दर तलमाथि गर्ने पनि होइन, कार्यक्रमहरुपनि तलमाथि गर्ने होइन, चालु कार्यक्रमहरूलाई निरन्तरता दिने गर्नुपर्छ।’ विगतमा पनि सरकारले अन्तरिम बजेट ल्याएको भन्दै महतले अन्य दलहरूसँग पनि छलफल गरेर बजेट ल्याउन माग गरे।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार