श्रावण ६, २०८२ मंगलबार July 22, 2025

एकताविरोधी अभिव्यक्ति नदिने एमाले गठित कार्यदलको निर्णय (पूर्णपाठ)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको पहिलो बैठकले विवाद समाधान सम्बन्धी कार्यविधि र आचार संहिता बनाउने निर्णय गरेको छ। सिंहदरवारमा बसेको बैठकले कार्यविधि र संहिता तयार पार्ने निर्णय गरेको कार्यदलमा रहेका नेता भीम रावलले जानकारी दिए ।

उनले पार्टीलाई एकताबद्धरुपमा अघि बढाउन सद्भाव तथा एकता वृद्धि गर्न, आपसी अविश्वास, अन्तरविरोध र असहयोगबाट अलग रहन सम्पूर्ण पार्टी पङ्तिलाई आव्हान गर्ने निर्णय पनि भएको बताए। ‘आचार संहिता र कार्यविधि तुरुन्त तयार पारी लागू गर्ने । एक आपसमा अविश्वास, असहयोग हुने क्रियाकलाप नगर्न पनि बैठक हार्दिक आग्रह गर्दछ छ,’ रावलले भने।

बैठकमा ओली पक्षका नेताहरु शंकर पोखरेल र विष्णु पौडेल अनुपस्थित रहेका थिए। कार्यदलको बैठक भोलि फेरि बस्ने छ। कार्यदलललाई एमालेको सांगठनिक संरचना २०७५ जेठ ३ (माओवादी केन्द्रसँगको एकतापूर्व)को अवस्था, सहमतिमा जिम्मेवारी बाँडफाँट तथा माओवादीबाट प्रवेश गरेका नेताकार्यकर्ताको व्यवस्थापन लगायतबारे सुझाव दिन भनिएको छ।

गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि एमालेको पुरानै संरचना कायम हुनुपर्ने नेता नेपाल पक्षको अडान रहँदै आएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार