श्रावण ६, २०८२ मंगलबार July 22, 2025

एमालेका उम्मेदवार गृहमन्त्री बादललाई मत दिन राप्रपाको ह्वीप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेका उम्मेदवार गृहमन्त्री रामबहादुर थापा बादललाई मत दिन ह्वीप जारी गरेको छ ।

गृहमन्त्री बादललाई मत दिन नेकपा एमालेबाट पार्टीलाई औपचारिक पत्र प्राप्त भएकोले मत दिनेबारे निर्णय भएको बुधबार सो पार्टीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

बागमती प्रदेशमा २०७४ सालमा भएको निर्वाचनमा बादल नेकपा माओवादी केन्द्रबाट बिजयी भएका थिए । एमाले प्रवेशसँगै उनलाई माओवादीले कारवाही गरेपछि पद रिक्त भएको थियो । यहाँ माओवादी, नेपाली कांग्रेसलगायतको समर्थनमा खिमलाल देवकोटा विपक्षी गठबन्धनबाट उम्मेदवार बनेका छन् ।

‘एमालेबाट उपनिर्वाचनमा बादललाई मतदान गरी सहयोग गर्न अनुरोध आएकोले राप्रपाका प्रदेश सभा सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई मतदान गर्न जानकारी गराइन्छ,’ राप्रपाले भनेको छ ।

वागमती प्रदेशमा राप्रपाको कुल १ सय ३२ मतभार छ । सो क्षेत्रमा बिहीबार भोलि निर्वाचन हुँदैछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार